स्वीकृति नलिई विदेशीलाई जेनेटिक अनुसन्धान गर्न दिएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ६ चिकित्सकसँग स्पष्टीकरण माग



काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवंशिक (जेनेटिक) को परिषद्को स्वीकृति विना विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ ।

परिषद्ले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित शाह र प्रयोगशालकी निर्देशक डा. रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा. विवेककुमार लाल र महाशाखाकै डा. हेमन्तचन्द्र ओझालाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुले परिषद्लाई नै थाहा नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए । परिषद्ले उनीहरूले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जेनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराई ‘माइक्रोबायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख युवराज खरेलले जानकारी दिए ।

परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनीहरूलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो । पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन

पीरलोको कुरा

-डा. गोविन्दशरण उपाध्याय । आजभोलि तनाव, दवावजस्ता शब्दहरू प्रयोग गरेर अंग्रेजीको Stress शब्दबाट