अब पिसिआर विधिबाट दैनिक तीन हजारको परीक्षण गरिने



काठमाडौं । संसदीय समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएको हो ।

बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन पनि निर्देशन दिएको छ । पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मलगन लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न पनि समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ भने लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

त्यस्तै बैठकले परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । कोरोना महामारीको असर मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको समिति सचिव पुष्पप्रकाश खनालले जानकारी दिए ।

बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पछिल्लो समय पिसिआर बिधिबाट कोरोना परिक्षण गर्ने कामलाइ तिव्रता दिएको जानकारी दिए । उनले प्रतिदिन तीनहजार पिसिआर जाँच गर्ने लक्ष्यका साथ काम अघि बढेको जानकारी पनि दिए । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताए ।

हाल देशका नौ वटा अस्पतालबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उनले जानकारी दिए । छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि भयोः महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्

कसैले केही गर्नलाई डराउन पर्दैन, देशको शान्ति कायमै होस् : पूर्वराजा शाह

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । शनिबार

जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट व्यक्तिलाई उर्जामन्त्री बनाइएको