प्रधानमन्त्री ज्यू, पुर्खाको सम्मान गर्ने भए ज्ञानेन्द्रलाई गद्धीसिन गराऔं



शेखरजंग रायमाझी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा काली भएकोले यसमा कुनै विवाद नभएको बताएको समाचारहरुमा सार्वजनिक भएको छ ।

सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएकोसमेत प्रधानमन्त्री ओलीले बताएका थिए, सर्वदलीय वैठकका क्रममा । प्रधानमन्त्रीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउनेसमेत प्रतिवद्धता जनाएको कुरा बाहिर आएको छ । प्रधानमन्त्री ओलीले भारतले यो समस्या समाधानका लागि जुन तहमा वार्ता गर्न चाहन्छ त्यही तहमा नेपाल तयार रहेको जानकारी पनि बैठकमा गराएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले तत्काल भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।

के भने अरु दलले ?
सर्वदलीय वैठकमा विपक्षी दल काँग्रेस सभापति देउवाले काली नदी पूर्वको सबै भूभाग नेपालको भएको भन्दै समस्या समाधानका लागि सरकारले भारतसँग पहिले एक्लै र त्यसपछि भारत र चीनसँग त्रिपक्षीय वार्ता गर्न सुझाव दिएका थिए । सन् २०१५ मा चीन र भारतबीच भएको समझदारीलाई लिएर नेपालले वार्ता गर्नुपर्ने पनि आफ्नो राय रहेको उनले जानकारी दिए ।

बैठकमा वार्तामा भारत आउनैपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । उनले लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक रअन्तर्रा्िष्ट्रय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित नरहेको बताए ।

यस बिषयमा नेपाल सरकारले स्पष्ट धारणा राखिसकेको भन्दै उनले आवश्यक परे थप धारणा सार्वजनिक गर्ने बताए । अन्य दलका नेताहरुले देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेकलगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका थिए ।

यसरी ढिलै भए पनि प्रधानमन्त्रीले मिचिएको नेपाली भूमि फित्र्ता गराउन राष्ट्रिय सहमति खोज्ने जुन प्रयाश गरे, त्यो आफैमा सराहनीय र सकारात्मक थालनी हो । यस्तै पुर्खाले लडेर बचाएको नेपालाई आफूले अडानमा टिकेर बचाउने जुन प्रतिवद्धता सबै राजनीतिक दलका सामु दर्शाए, त्यो धेरै नै स्वागतयोग्य कदम हो प्रधानमन्त्री केपी ओलीको ।
पुनरुत्थानवादी शक्तिको साधुवाद प्रधानमन्त्रीलाईः
सर्वदलीय वैठकमा प्रधानमन्त्रीबाट आएको कुरालाई हामी पुनरुत्थानवादी शक्तिले हार्दिक स्वागत र समर्थन गरेका छौं । ढिलै भए पनि देश मिचिएको र भारतीय हस्तक्षेप बढेको संकटको घडीमा नै र्भ पनि, हो,पुर्खाको संझना आएछ,धन्यवाद! प्रधानमन्त्री ओलीलाई । अब पुर्खाले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्व पाएका थिए भन्ने सत्यलाई आत्मसात गर्दै ,,पुर्खाले देश एकिकरण र निर्माणको नायकत्वको आदर र कदर गर्दै राजसंस्थाको छहारीमा साझा फुलवारी खडा गरेको पनि आत्मबोध होस। हाम्रा प्रधानमन्त्री केपी ओलीलाई ।
हामी पुर्खाको सन्ततिबाट भए गरेको अन्यायको पश्चताप गर्दै,माफिलिदै अविलम्ब श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार को पुनःगद्दिसिन गराऔं भन्ने सुझाव दिन्छौं पुनरुत्थानवादी शक्तिको तर्फबाट । किन भने सहमति,एकता र सहकार्यबाट मात्र नेपाल र नेपालीको समुन्नती हुन्छ भन्ने महान सूत्र अपनाऔ भन्ने नै हाम्रो मान्यता हो ।

अन्त्यमा, घरघरमा ग्याँस,स्वाआँ गर्ने चुच्चे चाइनिज रेल र टिकेट काटेर पानीजहाज चढ्न जाने हावादारी गफ नबनोस प्रधानमन्त्रीको पुर्खाप्रतिको सम्मान र प्रतिवद्धता । यही कामना गर्दै सदबुद्धिको आशा राख्दै पुनः धन्यवाद दिन पाइयोस! भन्ने याचना छ पुर्नरुत्थानवादी शक्तिको प्रधानमन्त्री ओलीसंग ।
अब प्रतिक्षा एक्सनको, राजसंस्था पुनस्र्थापनाकोः
पुर्खाले बचाएको नेपाललाई कुनै पनि हालतमा बचाएरै छाड्छु भन्नेप्रम ओलीको यो प्रतिवद्धता अब व्यवहारमा कार्यान्वयनमा आउन आवश्यक छ । किन भने सधैभरी लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय राजसंस्था अर्थात आधुनिक नेपालका पुर्खाकै कारण आजको नेपालमा ओलीले सत्ता संचालन गर्न पाउनु भएको हो । देशको माटो र भूमिको रक्षाका लागि अब सरकारले पुर्खालाई पाखा लगाएर होईन, पुर्खाको लामो अनुभव र राष्ट्रप्रेमको समपर्ण भावलाई आत्मासात गरेर पुर्खाकै बल समेतमा अडेर लडने बेला आएको छ । प्रधानमन्त्री ओलीलाई, यो सरकारलाई आफ्नो देशभक्तिमा अड्न र आड लाग्नैका लागि पनि अब नेपाली राजसंस्थाको पुर्नस्थापना निर्विकल्प समयको आवश्यक्ता र देशको खाँचो र जनताको साँच्चो चहाना नै हो ।

निःसन्देह पूर्खाको चिनो भने पनि ईतिहासको धरोहर भने पनि अब शाहवंशीय राजसंस्थाका अन्तिम उत्तराधिकारी श्री ५ ज्ञानेन्द्र अहिले पनि नागरिक भूमिकामा देशको माटो र जनताको भलाईका लागि जुनसुकै कठिन अवस्थामा पनि जुनसुकै खालको अभिभारा लिन र बहन गर्नका लागि तयार नै हुनुहुन्छ । हिजो राजनीतिक दाउपेचमा षडयन्त्र र जालझेल गरेर राजसंस्थालाई किनारा लगाउनुको दुष्परिणाम नै अहिले राष्ट्रियतामाथि चौतर्फी खतरा, धार्मिक द्धेष र विकासमा वाधा परेको तथ्य अब आम नेपाली जनता, राजनीतिक शक्ति र सिंगै देशले बुझिसकेको तथ्य हो ।

त्यसैले देशको सीमा रक्षा गर्न, भूमि जोगाउन, भारतीय हस्तक्षेप र अतिक्रम बन्द गर्न जब प्रधानमन्त्री नै पुर्खा सम्झिरहनु भएको छ भने पुर्खाको अनुभव र योगदान समेतलाई नयाँ राजनीतिक मान्यता र प्रणाली मार्फत पुर्नस्थापित र पुनः सक्रिय गराउन काम र व्यवहारमा नै उत्रनु आवश्यक छ । प्रधानमन्त्रीले यति काम गर्नु भयो भने उहाँ ईतिहासको सबैभन्दा ऐतिहासिक प्रधानमन्त्री हुने पक्का छ । जनताको कामना हो की प्रधानमन्त्रीले अब प्रतिवद्धतालाई एक्सनमा बदल्नु हुनेछ ।
लेखक रायमाझी पुनरुत्थानवादी शक्ति नेपालका संयोजक हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा। कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन्

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय