खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लुएचओको चेतावनी



विश्व स्वास्थ्य संगठनले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने बताएको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन् । अहिले महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने उनले बताए ।

विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल पार्न नसकिने डब्लुएचओको दाबी छ ।

महामारी नियन्त्रणमा आइनसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति उसले आपत्तिसमेत जनाएको छ । उसले भाइरस नियन्त्रणको प्रयास जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

  काठमाडौँ । सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई

तीन मन्त्रीले लिए सपथ

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका