गगन थापाको कविता ‘म त भाग्यमानी’



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कवितामार्फत केपी शर्मा ओलीको आलोचना गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले बाल कवितामार्फत प्रधानमन्त्रीको आलोचना गरेका हुन् । उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको, कोरोनाका कारण विदेशमा अलपत्र परका नेपालीको पीडा अनुभव नगरेको भन्दै आलोचना गरेका हुन् ।
यस्तो छ गगन थापाले संसदमा वाचन गरेको कविता

म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने
कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने

सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरीबलाई सम्मान छ गरीबलाई राहात

विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नी
हावादारी हल्ला हुन ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नी दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा
दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।
आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी
ओहो हामी नेपाली त सारै भाग्यमानी  !!
आ हो साह्रै भाग्यमानी

म त भाग्यमानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत पुडुचेरीका विधायकहरू पोखरामा

गण्डकी । भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि