अब पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा बोकेर एक जुट होऔं



हेमविक्रम सिलवाल ।

नेपाल, भारत र चीन बिचको सीमा समस्या दिन प्रतिदिन विवाद भईरहनु ,यसको सामाधान नखोज्नु नेपाली राजनितिक दलहरुको चाहिं कम्युनिष्ट पार्टी, कांग्रेस , राप्रपा, मधेशवादी दल २०४६ सालपछि देशमा जे जस्ता घटनाक्रम भए यसप्रति कहिले पनि जवाफदेहिता भएन । अहिले पछिल्लो चरणमा आएर सुस्ता लगायत लिम्पयाधुरा कालापानी लगायतका भुभाग भारतले अतिक्रमण गरिरहँदा यि राजनीतिक दलको सत्ता प्राप्ती फोहरी खेल बाहेक कही गुन्जायस् रहेन । दिल्लीमा १२ बुँदे समझदारी गरेर आएका राजनीतिक पार्टीबाट सीमा र राष्ट्रियताको रक्षा हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो ।

यि राजनीतिक दलबाट राष्ट्रियता बच्न सक्दैन । अब समय छदै देशका स्थायी सरकार नेपाली सेना, परम्परागत शक्ति , बुदिजिवी , साहित्यकार , इतिहासकार , पत्रकार , विद्यार्थी र आमनेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले यस कुरालाई मनन गरी एकजुट हुन स्वतन्त्र नागरिक समाज बिनम्रता पुर्ण अपिल गर्दछ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगका कारण जनता घरबाट बाहिर निस्कने अवस्था छैन । यस विषम घडीमा मित्रराष्ट्र भारत र चीनले जुन किसिमको लिपुलेकदेखि मानसरोवरसम्मको स्थलगत सडक निर्माण सम्पन्न गरी उद्घाटन गर्दासम्म नेपाल सरकारका परराष्ट्रमन्त्री बेखबर हुनु लज्जा कुरा हो ।

यि राजनीतिक दलहरु देश र जनताप्रति उत्तरदायी, जिम्मेवारीबोध रहेनछन् भन्ने प्रमाणित भयो । जस्तै १९९९ देखि नै भारतले त्यस क्षेत्रमा क्याम्प खडा गरी बिगत ३० वर्षदेखि मोटरबाटो निर्माणको कार्य भएको र अहिले आएर सम्पन्न भएको भनेपछि नेपालका शासकहरु अन्धाले हात्ती छामे झै सुतेर बसेका थिए त ? अब यस आयातित व्यवस्थाले माक्र्सवाद, लेनिनवाद , माओवाद र नेपाली कांग्रेसको समाजवाद यी वादबाट मुलुक बर्बाद हुनु बाहेक केही भएन । आफनो खालको माटो सुहाउँदो शासन व्यवस्था कायम नगर्ने हो भने हाम्रो देश भविष्यमा नरहन पनि सक्ने अवस्था आउन सक्छ । अब यो त्यो बहाना नगरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु पार्टीको झण्डा बोकेर होइन । राष्ट्रिय झण्डा बोकेर एक जुट हुने बेला आएको छ ।

यो शासन व्यवस्थालाई टिकाइ राख्यौं भने नेपाली जनताको भविष्य अन्धाकार हुने निश्चित देखिन्छ । यिनलाई जसले सत्तामा ल्याए त्यसको विरुद्धमा यी राजनीतिक दलहरु जान सक्दैनन् । त्यसैका खातिर यस विषम परिस्थतिमा देश बचाउने जिम्मा नेपाली सेनाको हो र सेना अघि बढेमा नेपाली जनताले साथ दिने परिस्थिति सिर्जना भएको छ ।

सेनाले हाम्रो गुमेको हिन्दू अधिराज्य , शाहवंशीय राजसंस्था पुनः स्थापना गर्न अब ढिलो गर्नु हुँदैन । राजनीतिक दलको भर पर्दा छिमेकी राष्ट्र सिक्किम भारतमा विलय भयो , त्यो अवस्था नेपालमा सिर्जना नहोला भन्न सकिन्न । अब यो देश बचाउने जिम्मा नेपाली सेना , नेपाली जनता र परम्परागत शक्तिको हातमा छ र यी राजनीतिक दलहरुबाट मुलुकको दिगो विकास , शान्ति, अमनचयन सीमा सुरक्षा , परराष्ट्र नीति, क्षेत्रीय सुरक्षा , देश भित्रै रोजगार कायम हुने देखिदैन ।

यसको ज्वलन्त उदाहरण महामारीको बेलामा चीन र भारतले नेपालको भुभाग मिचेर सडक निर्माण सम्पन्न गरी उद्घाटन गर्नु हो र यस गुमेका भुभागलाई यी राजनीतिक दलबाट सम्भव देखिंदैन । तत्काल सेना अघि बढ्नु पर्छ र व्यवस्था नै खारेज गरी नागरिक सरकार गठन गरी नागरिक सरकारमार्फत गुमेको भुभाग फिर्ता गर्न कुटनीतिक पहलकदमी तथा सयुक्त राष्ट्रसंघ मार्फत अन्तराष्ट्रिय अदालत गुहार्नुको बिकल्प छैन ।
 सिलवाल स्वतन्त्र नागरिक समाजका संयोजक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा। कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन्

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय