ल हेर्नुस् बाबुराम भट्टराईले भनेको ‘भाइरल’ भिडियो


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबारको संसद बैठकमा एउटा भाइरल भिडियोको बारेमा चर्चा गरेका थिए । त्यो भिडियो भारतमा अलपत्र परेका नेपालीहरुको हो । भिडियोमा भारतीय प्रहरी र चिकित्सकले नेपालीलाई कस्तो व्यवाहार गरिरहेका छन् भन्ने स्पष्ट छ । भट्टराईले भारतले बस्न नदिने नेपालले ल्याउन पहल नगर्ने हो भने नेपालीहरु कहाँ जाउन् त भन्दै सरकारलाई उनीहरुको उद्दारका लागि पहल गर्न आग्रह गरेका हुन् । भिडियोमा यस्तो सम्बाद भएको देखिन्छ ।
’भारत सरकारले तिमेरूलाई पक्रेर काम गर्न जबरजस्ती ल्याको हो ? पैसा कमाउन आयौ त हाम्रो के गल्ती ? नेपालीलाई फोकटमा ख्वाउन भारतसँग पैसा छ ? बाहिर भेटे जेल जान्छौ, सीमामा जान पाउँदैनौ !’