सधैं विवादित अभिव्यक्ति र काम



विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको विषयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल निरन्तर विवादमा तानिएका छन् । कहिले संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिंदा होस् वा ओम्नी समूहलाई औषधि खरिदका लागि दिँदा वा अहिले स्वीस राजदूतसँग हात मिलाउँदा पनि विवादमा तानिएका छन् ।

चीन कोरोना कहरमा रहेका बेला नेपालमा हिउँदे अधिवेशन चलिरहेको थियो । त्यसपछि प्रतिनिधिसभामा सांसदहरुले सरकारले कोरोनाबाट नेपाललाई जोगाउन सरकारको तयारी नभएको भन्दै सरकारको आलोचना गरेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री ढकालले भनेका थिए, ‘चीनले त्यहाँ हजार बेडको अस्पताल बनाइसक्यो, हामी चाहिं कुरा मात्रै गर्दैछौं भन्नुभयो । सत्य त्यही हो यसमा मेरो विमती छैन । किनभन्दा यो रोग त्यहीँ उत्पति भयो १७ हजार मान्छे संक्रमित भए, ३६१ जनाले ज्यान गुमाउनु पर्यो । हाम्रोमा १३ जनालाई संक्रमण भएको आंशकामा परीक्षण गरियो सबैमा नेगेटिभ देखियो भनेपछि चीन सरकार जसरी नाच्छ हामीले त्यही तालमा खुट्टा उचाल्नुपर्छ भन्ने छैन । म विद्यार्थी हुँदाको भनाई स्मरण आयो, दिल्ली र बेइजिङमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने गर्थे रे । जहाँ रोगले आक्रमण नै गरेको छैन भने त्यसले अप्ठ्यारो स्थिति ल्याउँछ भन्ने कुरा हुन्न ।’ त्यसबेला नेपालमा कोरोना संक्रमण देखिएको थिएन र स्वास्थ्यमन्त्रीको भनाई त्यति ख्याल गरिएन तर मन्त्रीले यस्तो अभिव्यक्ति नदिएर काम गरेको भए अहिले महिनौं लकडाउनमा बस्नु पर्ने थिएन ।
हेर्नुस् भिडियो

त्यसपछि उनी स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहलाई दिएको भन्दै विवादमा तानिए । बजार मूल्य भन्दा आठ गुणा बढी मूल्यमा ठेक्का दिएको भन्दै उनी विवादमा तानिएका हुन् । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई स्पष्टिकरण लिने निर्णयमा मन्त्री ढकाल विवादित बने । मन्त्रालयले डा.पुनलाई स्पष्टिकरण सोधेको थियो । तर, कोरोना महामारी संक्रमणबारे उपचारमा संलग्न पुनलाई स्पष्टिकरण सोध्ने मन्त्री ढकालको निर्णय विरुद्ध नागरिक अगुवा, राजनीतिक नेता तथा कार्यकतादेखि आमसर्वसाधरणले समेत विभिन्न माध्यमबाट आपत्ति जनाएपछि अनेक बहाना बनाएर निर्णय फिर्ता लिन बाध्य भए ।
त्यसैगरी बैठकबाट फर्कनेक्रममा कोरोनाबारे सोधिएको प्रश्नमा ‘घरमा पाहुना आएकाले बोल्दिन’ भन्ने अभिव्यक्ति दिएर मन्त्री ढकाल विवादित बने
हेर्नुस् भिडियो


बिहीबार स्वीस सरकारले नेपाल सरकारलाई रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गर्यो ।

त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरेकी हुन् । त्यसक्रममा मन्त्री ढकालले राजदूतसँग हाल मिलाए । न हातमा पञ्जा लगाएका थिए । किन मन्त्रीले हात मिलाए भनेर उनको सामाजिक संजालमा मर्यादामा ख्याल नगरेको भन्दै विरोध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम

साढे ६ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब

अहिले राष्ट्रियतामाथि खतरा छ : खनाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल