कोरोना संक्रमणबाट विश्वमा दुई लाख ७० हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ । कोरोना संक्रमितको संख्या ३९ लाख १३ हजार नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ९ सयको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २१ सयको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा २९ हजार पाँच सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार पुगेको छ । त्यसैगरी बेलायतमा मृत्यु हुनेको संख्या ३० हजार ६ सय नाघेको छ । त्यस्तै, इटालीमा २९ हजार ९ सय, २६ हजार, फ्रान्समा २५ हजार, ब्राजिलमा ९ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ५६ हजार पुगेको छ भने एक हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।