विदेशस्थित नेपालीहरुलाई कोरोनाबाट बच्ने उपाय



 -डा. रवीन्द्र पाण्डे |

अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ | झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ | धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ | यो परिदृश्यबाट हामी नेपालीको मन रोएको छ |
.
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तथा कोरोना संक्रमणबाट गम्भीर अवस्था नआओस भन्नको लागि आदरणीय नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न उपाय अबलम्बन गर्न अनुरोध गर्दछु |
.
१. जीवनरक्षा भन्दा महत्वपूर्ण वृत्ति अरु केहि छैन | तसर्थ यो महामारीमा काम छुटेपनि, कमाई छुटेपनि, फाइदा छुटेपनि कृपया घरभित्र सुरक्षित रुपमा बस्नुहोला | माहुरीले फूल नफुल्ने मौसमको लागि मह स्टोर गरेजस्तै हामीले अहिलेसम्म कमाएको खाएर भएपनि तथा लोन लिएर भएपनि घरमै बस्नुहोला | सपिंग धेरै दिनको लागि गर्ने, त्यसलाई संक्रमणरहित बनाउने तथा बाहिर गइरहने अवस्था सिर्जना नगर्नुहोला |
२. रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि तथा जीवन बचाउनको लागि बैज्ञानिक रुपमा प्रमाणित निम्न लिखित सप्लिमेन्ट सेवन गर्नुहोला | यसका बैज्ञानिक र प्रमाणित आधार धेरै छन्, ती यहाँ प्रस्तुत गर्दा लेख लामो हुने भएकोले कन्टेन्ट मात्र उल्लेख गरेको छु |
– भिटामिन डी ( Vitamin D ) 1000 IU दैनिक वा 60,000 IU हप्ताको १ पटक नियमित खाने |
– भिटामिन सि इम्युन बुस्टर भिटामिन हो | दिनको १ चक्की भिटामिन सि ( ५०० एमजी ) चुस्नुहोला |
– Methylcobalamin 1500mcg अर्थात् vitamin B12 दिनको १ चक्की खानुहोला |
– Zinc 40 mg दिनको १ पटक खानापछि सेवन गर्नुहोला |
– Vitamin B6, Vitamin D3 कन्टेन्ट मल्टिभिटामिन दैनिक सेवन गर्नुहोला |
– Vitamin E 400mg बिहान १ क्याप्सुल दैनिक सेवन गर्नुहोला |
– साल्मोन फिसको omega 3 fatty acid अर्थात फिस आयल दिनको २ क्पाप्सुल नियमित सेवन गर्नुहोला |
– Quercetin from 250mg up to 1g दिनको २ पटक, CoQ10 100-300mg दिनको १ पटक, N-acetylcysteine (NAC) – 600mg दिनको २ पटक तथा ग्रीन टि दिनमा २ कप वा १ क्याप्सुल दैनिक सेवन गर्दा रोगसँग लड्ने, गम्भीर अवस्था नआउने क्षमता प्राप्त हुन्छ |
.
– ( माथिका सप्लिमेन्टहरु डिपार्टमेन्टल स्टोर वा फार्मेसीमा बिना प्रेस्क्रिप्सन किन्न पाइन्छ | )

– रातमा ८ घण्टा सुत्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने, चुरोट तथा रक्सी नखाने, पोषिलो खाना खाने, खानामा नेपाली मरमसलाको अत्यधिक उपयोग गर्ने, आफ्ना पुराना औषधि नछोड्ने, सामाजिक दुरी / पारिवारिक दुरी कायम गर्ने तथा सरसफाईमा ध्यान दिने गर्दा यो आतंककारी कोरोना भाइरससंग लड्न हामीभित्रको सिपाही क्षमतावान हुन्छ | कोरोना महामारी आयुको हिसाबले बृद्ध भएको छ | तसर्थ उच्च आत्मबल, धैर्यता, संयम र सजगता अपनाएर आफ्नो मानसिक स्वास्थ्यको समेत ख्याल गर्नुहुन अनुरोध गर्दछु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार