नेपालमा थपिए दश जना कोरोना संक्रमित, संक्रमितको संख्या ६९ पुग्यो



काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्साको छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको जानकारी दिए । डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ ।

जसमध्ये १६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

१३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले दिए । कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन् । २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण