कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने उत्कृष्ट पाँच महिला



काठमाडौं । विश्व समुदाय यतिबेला कोरोना भाइरस महामारीविरुद्ध जुधिरहेको छ । सबै तह र तप्काबाट यसलाई पराजित गर्न सहयोग भइरहेको छ । यसलाई पराजित गर्न स्वास्थ्यकर्मी अग्रपंक्तिमा छन् भने नागरिक लकडाउनका कारण घरमै बसेका छन् । युएन वुमनले कोरोना संक्रमण नियन्त्रण अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने पाँच महिलाको सूची सार्वजनिक गरेको छ । त्यसमा नेपालका तर्फबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झा पनि परेकी छन् ।

त्यसैगरी कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् । त्यसैगरी सूचीमा जोर्डनमा अन्वेषणात्मक प्रविधि प्रयोगमा ल्याएर महिला सुरक्षित अभियानमा लागेका अमाल अल महायरा र हदील दबैबेह छन् । चीनकी यान शेन्लियान, कजाख्स्तानकी डीना स्मैलोभा तथा क्यालिफोर्नियाकी बार्बुडाकी रयानसिया हेनरी छन् ।

१. डा. रुना झा
संयुक्त राष्ट्र संघले सूचीकृत गरेको महिलाको सूचीमा डा. रुना झा परेकी छन् । जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्रमुख प्याथोलोजिस्ट झा प्रयोगशालाका निर्देशक समेत हुन् । झा सम्मिलित टोलीले दैनिकरुपमा ७० वटा कोरोना संक्रमणको नमुना परीक्षण गर्दै आएको छ । चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्काइदा आवासीय सुविधासहितको क्वारेन्टाइनमा प्रवेश गर्ने झाको टोली पहिलो हो । कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्दै आएकी झा संक्रमण फैल्न सक्ने जोखिमले छोरी र श्रीमानलगायत परिवारबाट छुट्टिएर एक्लै बस्दै काममा अहोरात्र खटिएकी छन् ।


२. अमाल अल महायरा र हदील दबैबेह
संयुक्त राष्ट्र संघको महिला फिल्ड सहायकको रुपम कार्यरत दुबैजना जोखिममा रहेका जोर्डन र सिरियाबाट आएका शरणार्थीको जीवन रक्षाका उपाय र अत्यावश्यक सेवामा संलग्न छन् । तर कोरोनाभाइरसको महामारीले दुबैजनालाई घर नजिक पुर्याएका छन् । उनीहरुले टेलिफोनबाटै कोरोना संक्रमणबाट बच्ने उपाय बारे जानकारी गराउने गरेका छन् । जोर्डनमा प्रकोप सुरु भएपछि शरणार्थीसँगै जोखिममा रहेका महिलालाई प्रविधिबाट दिइने सहयोग डिजिटल प्रविधि अनिवार्य उपकरणको रुपमा काम गरेको छ ।

३. यान शेन्लियान
यान शेन्लियान उत्तरपश्चिमी चीनको किन्घई प्रान्तको आफ्नो दुर्गम गाउँ जिआरुयाओमा परीक्षण केन्द्रमा बस्छिन् । गाउँ छोड्ने र गाउँ भित्रिने व्यक्तिको शरीरको तापक्रम र सवारीको जानकारीको तथ्याङ्क राख्ने गर्छिन् । उनको कामले कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सघाउ पुगेको छ ।
त्यसैगरी उनले संयुक्त राष्ट्र संघको महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सुगुरलाई कसरी हुर्काउने सम्बन्धी प्रशिक्षण लिएकी छन् । समुदायमा स्वयंसेवकको रुपमा काम गर्ने र किसान गरी आफ्नो दुबै भूमिकामा उनले जटील सेवामा समुदायमा योगदान दिएकी छन् ।

४. कजाकस्तानकी डीना स्मैलोभा
क्वारेन्टाइनभन्दा अघि नेमोल्ची अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौनिक हिंसासित सम्बन्धित अधिकांश गुनासोहरु आउँथ्यो । तर अहिले घरेलु हिंसाका दैनिक रुपमा दशदेखि १५ वा गुनासो आउँछन् । कोरोनाभाइरस संक्रमणको जोखिमबाट बच्न अधिकांश व्यक्ति घरमै हुँदा महिला विरुद्धको हिंसाका घटना बढेका छन् । उनी हिंसामा परेका महिलालाई न्याय दिलाउनमा व्यस्त हुन्छिन् । समस्या र यस्तो परिस्थितिका बीच डिना महिलालाई सुरक्षित राख्ने उपाय बनाएर न्याय प्रदान गराउन प्रयासरत छिन् । । कजाकस्तानमा घरेलु हिंसा अपराधको रुपमा गनिदैन् । तर पीडकले सुरक्षा दिने आदेशको पालना नगर्नु अपराध मानिने भएकोले यस प्रकारको मुद्दालाई परिणत गरी कानूनी उपचारका लागि पहल गर्न प्रयासरत रहेको उनी बताउँछिन् ।


५.एन्टीगुआ र बार्बुडाकी रयानसिया हेनरी
क्यालिफोर्निया होटेल बन्द हुँदा हाउसकिपिङ निर्देशकको रुपमा कार्यरत रयान्सिया हेनरी कामविहीन बन्न पुगिन् । एन्टीगुवा र बर्बुडामा रहेकी उनी आफ्नो आमालाई उनले सम्पर्क गर्दा आमाले घर फर्किन आग्रह गरिन् । तर टापू पुग्ने अन्तर्राष्ट्रिय विमान बन्द भइसकेको हुँदा रयान्सियाका लागि घर फर्किनु सम्भव भएन । उनी एक्लै संयुक्त राज्य अमेरिकामा बसिन् । रयान्सियासँगै दशौं लाख श्रमिक अहिले बेरोजगार भएका छन् । अन्य प्रवासी श्रमिक झैं उनले परिवार धान्न अतिरिक्त कार्य गर्ने जुक्ति लगाइन् । आफूसँग भएको केही बजेट उनले घर धान्न आमालाई पठाइन् । तर सीमित स्रोतसाधन बोकेको सानो टापू राष्ट्रमा कोरोना संक्रमण देखिए समुदाय निकै समस्यामा पर्ने भन्दै उनले अमेरिकास्थित आफू बस्ने कोठाबाटै जनचेतनामूलक अभियान चलाइन् । यो अभियान अधिकांश जसो एन्टीगुवा र बर्बुडाका सर्वसाधारणका लागि केन्द्रित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम

साढे ६ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब

अहिले राष्ट्रियतामाथि खतरा छ : खनाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल