अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृति प्रदान



अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ । यसको अर्थ कोभिड १९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ । तर एफडीएको आपत्कालीन अनुमति भएकोले यो औपचारिक अनुमति भने होइन । औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक पर्छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओ’डेले एफडीएको स्वीकृती महत्वपूर्ण पहिलो कदम भएको बताए ।

उनले कम्पनीले उक्त औषधिको १५ लाख मात्रा सहयोगमा दिने पनि बताएका छन् । राष्ट्रपति ट्रम्पले शुरूदेखि नै कोरोनाभाइरस सङ्क्रमण उपचारमा रेम्डेसिभिरको समर्थन गर्दै आएका छन् । यूएस नेशनल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले एक हजार ६३ जनामाथि गरेको एक अध्ययनले त्यो औषधि प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरेको छ ।

इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउचीले तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्ववपूर्ण र सकारात्मक असर पारेको देखाएको बताए । तर रेम्डेसिभिरले निको हुन सहयोग गर्ने र मानिसहरूलाई सघन उपचार कक्षको उपचार आवश्यक नपर्ने बनाउन सक्ने देखिए पनि मृत्युबाट बचाउने स्पष्ट आधार भने नदेखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरो तथा डुबानबाट प्रभावित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानका राजा जिग्मे केशरबीच थिम्पुमा भेटवार्ता

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी नरेश जिग्मे केशर

राष्ट्रसङ्घको महासभामा नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठायौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो