नेपालको कोरोना संक्रमण विश्वमै फरक छ



 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ । 
संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पुरा भएको छ | चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनिया पर्यटकहरुको आवतजावत बाक्लो नै थियो | त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन | गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो | यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य, जनवरी र फेब्रुवरीमा कोरोना संक्रमण फैलिएको हुनसक्छ | त्यो समयमा अधिकांश नेपालीलाई असाध्यै कडा रुघाखोकी, ज्वरो लगायतको समस्या फैलिएको थियो | हामीले मौसमी रुघाखोकीको रुपमा बुझेको त्यो बेलाको रुघाखोकी निको हुन धेरै दिन लाग्ने प्रकृतिको थियो | अन्य बर्षभन्दा त्यो बेलाको रुघाखोकीमा सास फेर्न गाह्रो हुने, वान्ता तथा पखाला लाग्ने प्रकृतिको थियो | तसर्थ नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ | यसबाट अधिकांश नेपाली इम्युन भएको हुनसक्छ | यो अनुसन्धानको पक्ष हो | नेपालमा र्यापिड टेस्ट गर्दा हजारौं जनामा पोजिटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुनसक्छ |
.
कोरोना संक्रमण एकपटक निको भएपछि ५-१० % जनसंख्यामा पून : देखिन सक्छ | तर त्यो घातक हुँदैन | निको भएपछि पून : संक्रमण हुने केसमा एकै परिवारका १-२ जनालाई लाग्न सक्छ तर अरुलाई नलाग्न पनि सक्छ | हामीकहाँ यो खालको कोरोना संक्रमण देखिएको छ |
अर्को के अनुमान गर्न सकिन्छ भने नेपालमा फैलिएको मौसमी रुघाखोकीमा मिसिएको भाइरस कोरोना भन्दा कडा थियो कि ? कडा भन्नाले घातकमात्र होइन |
.
त्यस्तै नेपालमा पहिले फैलिएको कोरोना संक्रमण कमजोर स्ट्रेनको हुनसक्छ | त्यो समयमा सरकारी तथा निजि अस्पतालमा कति जनाको मृत्यु भएको थियो भनेर मृतकको तथ्यांक तथा रोगको प्रकृति अध्ययन गर्न आबश्यक देखिन्छ |
.
नेपालमा संक्रमण देखिएका पहिला २ -४ केसबाहेक कुनै पनि व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् | एकजना पनि संक्रमित आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको छैन | जोखिम उमेर तथा अवस्था भएका २ जना ६५ बर्षिय र एकजना ८१ बर्षिय संक्रमित सजिलै निको भएर घर फर्किएका छन् |
बिदेशमा संक्रमण भएर नेपाल आएका अधिकांश व्यक्तिहरुको प्राय : २८ – ३५ दिनमा रोग पत्ता लागेको छ | ती बिरामीहरु लक्षण देखिएर वा अस्पताल पुगेर जांच गरिएका थिएनन् | स्थानीयको उजुरी वा खोजबिन गरेर जांच गर्दा, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको जांच गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको हो | यसबाट के बुझिन्छ भने उनीहरु अधिकांश निको हुन लागेको अवस्थामा थिए |
….
अर्को अनुमान के गर्न सकिन्छ भने नेपालमा हाल देखिएको कोरोना भाइरस म्युटेसन हुँदै अत्यन्तै कमजोर प्रजातिको हुनसक्छ | अहिले संसारमा कोरोना संक्रमण झन्डै ५० % Asymptomatic अर्थात लक्षणबिहिन देखिएको छ | छिमेकी देशहरुमा लक्षणविहिन कोरोना संक्रमण देखिएको छ | नेपालमा पनि लक्षणबिहिन कोरोना संक्रमण समुदायमा हुनसक्छ | लकडाउनको कारण संक्रमण फैलिन पाएको छैन | कारणबश फैलिएपनि नेपालमा मृत्यु हुने संख्या नगन्य हुने अनुमान गर्न सकिन्छ |
नेपालको हावापानी, आहारविहार, परम्परा, चालचलन कोरोना भाइरसको अनुकुल देखिएको छैन | अन्य देशको तुलनामा नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ | हाम्रो क्षमतामा हामीले शंका गर्नु जरुरी छैन |
.
लकडाउनलाई सुरक्षित अवतरण गर्ने, सामाजिक दुरी कायम गर्ने, परिक्षणको दायरा बढाउने, पोषिलो खाना खाने, सरसफाईमा ध्यान दिने, व्यायाम / योग / ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने तथा सिमाना १०० % शिल गर्ने हो भने नेपाल तथा नेपाली आन्तरिक रुपमा अत्यन्तै मजबुत छौं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार