मुम्बईमा कोरोना संक्रमित एकै परिवारका आठ नेपाली कोरोनालाई जितेर घर फिर्ता



काठमाडौं । अछामको चैरपाटी घर भई भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जना कोरोना संक्रमणबाट निको भएका छन् । अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएकोमा उनीहरु अस्पतालमा उपचारपछि निको भई डिस्चार्ज भएका हुन् ।

तीनवटा अलग अलग अस्पतालमा झण्डै साढे तीन साताको उपचारपछि निको भएका उनीहरू हाल दक्षिण मुम्बईको आफ्नो घरमा आराम गरिरहेका छन् । मुम्बईका ट्रमा, कस्तुरवा र पी. डब्लू अस्पतालमा उनका परिवारका सदस्यहरूको उपचार गरिएको थियो । उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए ।

परिवारका सदस्यहरूलाई अलग अलग राखेकाले एक अर्काको स्वास्थ्यलाई लिएर परिवारका सदस्यहरूमा चिन्ता देखिएको घरमूली बताउँछन् । तर उनले रोग लागेपछिको अवस्थामा पनि आत्मबल बलियो बनाएकाले कोरोनाभाइरसबाट आफ्नो परिवारले पार पाएको बताएका छन् ।
बीबीसी नेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण