कोरोनाभाइरसका धेरै संक्रमितको विराटनगरमा उपचार हुँदै



काठमाडौं । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएको जानकारी दिएका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका निवासी ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए ।

मंगलवार थपिएका २ कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ भने हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले हालसम्म ५४ हजार ८२६ जनामा कोरोना परीक्षण भएको बताए भने आसोलेशनमा १०७ जना रहेको जानकारी दिए । अहिले कोरोनाभाइरसका सबैभन्दा बढी संक्रमित विराटनगरमा उपचार गराइरहेका छन् ।

त्यस्तै, चितवनमा एक जना, धनगढीमा एक जनाको उपचार भइरहेको छ । वीरगन्जमा अब तीन जनाको कोरोनाभाइरस संक्रमणका एक्टिभ केसहरु रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण