कोरोना संक्रमणबाट पुरुषभन्दा महिला किन धेरै सुरक्षित हुन्छन् ?



 – डा. रवीन्द्र पाण्डे
….
कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् | अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ | एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ |

– महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ भने अर्को y – क्रोमोजम हुन्छ | महिलामा हुने त्यो अतिरिक्त x – क्रोमोजोमले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्छ |

– पुरुषमा हुने सेक्स हर्मोन Testestorone ले इम्युन सिस्टमलाई दमन गर्छ भने महिलामा हुने सेक्स हर्मोन estrogen ले इम्युन सिस्टमलाई जम्प गर्छ जसले गर्दा भाइरल संक्रमण रोक्न प्रभावकारी हुन्छ |

– पुरुषको अन्डकोषमा धेरै ACE2 रिसेप्टर हुन्छन् जसको कारण भाइरस शरीरभित्र पस्ने धेरै सम्भावना हुन्छ |
– त्यस्तै महिला र पुरुषको आन्द्रा र भुँडीमा हुने जीवाणु फरक हुन्छन् | महिलाको आन्द्राभुँडीमा हुने माइक्रो अर्गानिजमले रोगबाट थप सुरक्षा दिन्छ |

– महिलालाई भन्दा पुरुषलाई मुटुको रोग धेरै हुन्छ | मुटुको रोग कोरोना संक्रमणम सबैभन्दा जोखिम मानिन्छ |

– महिलाले जस्तो पुरुषले आफ्नो ख्याल गर्दैनन् जसले गर्दा कुनै पनि रोग निको हुन पुरुषलाई बढी समय लाग्छ |

– महिलाभन्दा पुरुषहरु जोखिम ब्यबहार गर्छन् जस्तै : चुरोट खाने, रक्सी पिउने, ड्रग खाने, डिस्को, बार, क्यासिनो जाने तथा घर बाहिरको बाताबरणमा धेरै सहभागी हुने गर्दछन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा लुम्बिनी र गण्डकी प्रदेश सरकारको साझा सहमति

लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई

मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ ।

चिकित्सा शिक्षा आयोगको बैठकद्वारा नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि