काठमाडौं महानगरका एक हजार भन्दा बढीको आरडिटी टेष्ट, सबैको रिपोर्ट नेगेटिभ



काठमाडौं । बैशाख ३ गतेदेखि काठमाडौं महानगरले शुरु गरेको आरडिटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) बैशाख १३ गते सबै वडा (३२ वटामै) मा सकिएको छ । २०७६ फागुन १८ गतेपछि स्वदेश फिर्ता भएर काठमाडौं महानगरक्षेत्रमा बसोबास गरिरहेका १ हजार १६ जना व्यक्तिहरुमा गरिएको यो परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए । बिदेशबाट फर्कने कसैमा कोरोना भाइरस थियो कि थिएन भनेर परीक्षण गरिएको थियो ।
आरडिटी परीक्षणका लागि वडाले आफ्नो क्षेत्रबाट नामावली संकलन गरेका थिए । केही वडामा पहिलो पटकको परीक्षणपछि फेरि नाम प्राप्त भएकोले थप परीक्षणको प्रबन्ध गरिएको थियो । बज्राचार्यले भने — नतिजा राम्रो छ । सरकारले गरेका निर्णयको सबैले पालना गर्दै जाने हो भने कोरोनाविरुद्धको लडाइँमा हामीले सजिलै जित्न सक्छौं ।

कागेश्वरी मनोहरास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने काठमाडौं महानगरपालिका वडा ५ का स्थायी बासिन्दा २०७६ चैत ९ गते बच्चाहरुको जन्म दर्ताका लागि वडा कार्यालय आएका थिए । बैशाख १ गते उनीहरुमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि बैशाख ३ गते वडा ५ का जनप्रतिनिधि र कर्मचारी गरी ३९ जनाको आरडिटि गरेर महानगमा परीक्षण शुरु गरिएको थियो । त्यसको भोलिपल्ट वडा ४ का ५१ जनाको परीक्षण गरियो । त्यसै गरी बैशाख ५ गते वडा वडा ९ का ३ जना, १० का १३ जना, ३१ का ११९ जना र ३२ का ११३ जना मीनभवनस्थित ट्रलीबस परिसरमा परीक्षण गरियो । त्यसैदिन वडा १५ का ४८ जना सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लूमा परीक्षण गरियो । यस दिन २९६ जनाको परीक्षण भएको थियो ।

बैशाख ६ गते वडा १८ का १६ जना, १९ का ३ जना, २१ का ५ जना, २२ का १३ जना, २३ का ५ जना, २४ का ११ जना, २५ का १२ जना, २६ को १ जना र २७ का १२ जना गरी ७८ जनाको परीक्षण गरियो । ७ गते वडा १६ का ८० जना, १७ का ८ जना, १५ का थप २ जना, २६ का ३२ जनासहित वडा १२, १३, १४ गरी १७६ जनाको परीक्षण सम्पन्न गरिएको थियो । बैशाख ८ गते वडा ६, ७, ८ मा पहिलोपल्ट र वडा ९, र १७ का थप व्यक्तिहरुमाप परीक्षण गरिएको थियो ।

बैशाख १२ गते वडा वडा १, २ र ३ मा पहिलोपल्ट तथा वडा १५, १७ र २६ का व्यक्तिका लागि थप परीक्षण गरिएको थियो । यसैगरी बैशाख १३ गते वडा ११, २८, २९ र ३० मा पहिलो पटक र वडा १२, १६ र ३२ मा थप परीक्षण गरिएको थियो । यसरी गरिएको परीक्षणहरुलाई महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रम्ुख हरिप्रभा खड्गी श्रेष्ठले अनुगमन निरीक्षण गरेका थिए ।

परीक्षणमा सबैभन्दा धेरै वडा ३१ का ११९ जना दोश्रोमा वडा ३२ बाट ११५ जना र तेश्रोमा वडा ४ बाट ५१ जना सहभागी भएका थिए । यता वडा २० क्षेत्रबाट भने परीक्षणका लागि कसैको पनि नाम प्राप्त भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् ।

नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा

भारतले दियो स्वीकृति, प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको

विश्वकपमा छनौट यू–१९ महिला क्रिकेटरले जनही २ लाख ५० हजार पुरस्कार पाउने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको