स्थानीय तहमा ट्रेसिङ तथा टेस्टिङका लागि टोली खटाइने



काठमाडौं । सरकारले शुक्रबारसम्म ४६ हजार भन्दा बढीको कोरोना भाइरसको नमुना परीक्षण गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले योगशाला विधि (पीसीआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट ४६ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनाको परीक्षण भएको छ । देशभर १२ हजार ९८५ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ९३ जना छन् । प्रवक्ता देवकोटाले पछिल्लो कोरोना संक्रमित भोपजुरका व्यक्ति फाल्गुन ३० गते साउदीबाट नेपाल आएको खुलेको र उदयपुर हुँदै भोजपुर गएको देखिएको बताए ।

उनले कोरोना परीक्षणका लागि थप सामाग्री पनि सम्बन्धीत स्थानमा पठाइसकिएको जानकारी पनि दिए । त्यसैगरी सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।

स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको प्रवक्ता देवकोटाले बताए । उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक/एक जना रहने छन् ।

हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उनले बताए । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण