ओलीलाई देउवाको सुझावः विदेशमा रहेका नेपालीको उद्दारका लागि योजना बनाउनुस्



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेहरुमाथि कारबाही गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीसँग शुक्रबार भएको भेटवार्ताका क्रममा सभापति देउवाले दुबै अध्यादेश फिर्ता गरेर गल्ती सच्याएको भन्दै सांसद अपहरण गर्नेहरुमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’ त्यसैगरी देउवाले कोरोना रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई पीपीई लगायतका स्वास्थ्य सामग्री नपुगेको र हतोत्साही बनाउने काम भएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक