सत्ताको यसभन्दा निर्लज्ज दुरुपयोग के होला र ?



नारायण गाउँले ।

जनताका लागि अत्यावश्यकबाहेक अन्य सबै सेवा ठप्प रहेको यो ऐतिहासिक सङ्कट र राष्ट्रिय बिपत्तिको समयमा राजनीतिलाई दुर्गन्धित बनाउने, सांसद खरिदबिक्री गर्ने र देशको ध्यान विपत्ति व्यवस्थापनबाट हटाउने काममा सरकार नै प्रत्यक्ष सहयोगी हुनु दुर्भाग्यपूर्ण छ ।

चरम मानवीय सङ्कटका अतिरिक्त विश्व आर्थिक-मन्दीको चपेटाबाट देश र नागरिकलाई कसरी बचाउन सकिन्छ भनेर विश्वका नेताहरू हरेक मिनेट चिन्तित र क्रियाशील देखिन्छन् । उत्पादनदेखि रेमिट्यान्स र पर्यटनसम्म प्रभावित हुने, लाखौं युवा वैदेशिक रोजगारी गुमाएर फर्किन सक्ने, बेरोजगारी दर अकल्पनीय रूपले बढ्न सक्ने र देश गम्भीर आर्थिक सङ्कटमा फस्न सक्ने अनुमान हुँदै गर्दा हामी भने राज्यस्रोतको दुरुपयोग गरेरै पार्टीहरू फुटाउने खेलमा व्यस्त छौं ।

अर्थमन्त्रीले दातृराष्ट्रसँग ऋणको ब्याज र किस्ता मिनाहा गर्न या केही समय होल्ड गर्न अनुरोध गर्दै गर्दा हाम्रा प्राथमिकता, संवेदनशीलता र सोच भने षड्यन्त्र र किनबेचमा डुबेको छ । पशुपतिनाथले हामी सबैको कल्याण गरून् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने