आफ्नो थातथलोमा जाने व्यवस्था मिलाइयोस्



नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ | बेरोजगारी तथा गरिबी दिनप्रतिदिन बढ्दै छ | यस्तो बेलामा सरकारले केहि ठोस कदम चाल्नु जरुरी छ |

– संक्रमित तथा उच्च जोखिमयुक्त क्षेत्रलाई हटस्पट घोषणा गरि शिल गर्ने | त्यो क्षेत्रमा परिक्षण ब्यापक रुपमा बढाउने | शिल गरेका क्षेत्रमा दैनिक उपभोग्य सामानको सरकारले ब्यबस्था गर्ने |

– कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने निश्चित छैन | कुनै न कुनै रुपमा यो बर्ष संक्रमण रहिरहन सक्छ | तसर्थ हरेक सहरमा रोजगारी गुमेका, न्यून आय भएका, बिद्यार्थी लगायत गाउँ जान चाहानेलाई सुरक्षित रुपमा आफ्नो गाउँ जाने ब्यबस्था मिलाउने | सरकारले पर्याप्त राहत दिन सक्दैन भने आफ्ना नागरिकलाई बचाउने बैकल्पिक दायित्व सरकारले लिनुपर्दछ | ३ दिनको समय दिएर सेना, प्रहरी, सरकारी कार्यालय, साझा, बिद्यालय लगायतका बसमा सदरमुकामसम्म नागरिकलाई पुर्याउने ब्यबस्था सरकारले गर्नुपर्दछ | गाउँमा होम क्वारेन्टाइनमा बस्ने ब्यबस्था मिलाउन सकिन्छ | आफ्नो गाउँमा खेतीपाती गरेर परिवार पाल्ने, आफ्नो परिवारसंग संगै बस्न पाउने नागरिकको नैसर्गिक अधिकार हो |

– नेपाल भारतको सीमामा हजारौं नेपाली अलपत्र परेर बसेका छन् | ती नागरिकलाई नेपाल ल्याएर १ महिनाको क्वारेन्टाइनमा राखेर आफ्नो घर पुर्याउने दायित्व पनि सरकारको हो |

– धेरै नागरिक लकडाउनले गर्दा अन्य देशमा फसेका छन् | उनीहरु बेखर्ची भएर दुख पाएका छन् | उनीहरुको उद्दार गर्नु सरकारको कर्तब्य हो |

– बैदेशिक रोजगारी, अध्ययन तथा ब्यबसायको लागि बिदेशमा लाखौँ नेपाली छन् | बिगत बीसौं बर्षदेखि रेमिट्यान्सले देश चलाएका ती नेपालीलाई दुख परेको बेलामा सरकार मौन बस्नु हुँदैन | उनीहरु आफ्नै खर्चले नेपाल आउन तयार छन् | हवाइजहाजको भाडा तिर्न नसक्ने पनि धेरै छन् | मन र मुटुमा नेपाल भएका ती नागरिकलाई सरकारले आफ्नो देश ल्याउने वातावरण मिलाउनु पर्छ | नेपाल तथा सम्बन्धित देशका एयरलाइन्स मार्फत ती नेपालीलाई नेपाल ल्याउन सम्भव छ | नेपाल ल्याएपछि सुरक्षाकर्मीको १ महिने क्वारेन्टाइनमा राखेर उनीहरुलाई आफ्नो थातथलोमा पुर्याउनु पर्दछ |

– सहरबाट गाउँ र विदेशबाट स्वदेश आएका नागरिकलाई स्थानीय निकाय तथा प्रदेश सरकारले लोन दिएर स्वदेशमा काम गर्न प्रेरित गर्ने हो भने त्यो सिप सिकेको जनशक्तिले नेपाललाई छोंटो समयमा हराभरा बनाउनेछ | नेपालको समृद्धिको लागि यो ठूलो अवसर हो |

– तत्काल नेपाल ल्याउन नसक्ने अवस्था भएमा त्यहाँको सरकारसंग कुटनैतिक छलफल गरेर आफ्ना नागरिकको गास, बास, कपास, स्वास्थ्य, सुरक्षा र रोजगारको ब्यबस्था मिलाउनु पर्दछ | नागरिकलाई सरकार चाहिने यस्तै बेलामा हो | दुखको बेला अभिभावकले बेवास्ता गर्ने हो भने त्यसको दीर्घकालीन असर प्रत्युत्पादक हुनसक्छ |

– भुटानले आफ्ना २ जना नागरिक लिन नेपालमा चार्टर प्लेन पठायो | अन्य देशले पनि आफ्ना नागरिकलाई स्वदेश लगिरहेका छन् | के हाम्रो मात्र दायित्व छैन ? के संसारमा हामी मात्र गैह्रजिम्मेवार हुन मिल्छ ? कोरोना त नियन्त्रण हुन्छ तर आफ्नो नागरिकको मन नियन्त्रण नभए ?

डा. रवीन्द्र पाण्डे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने