प्रधानमन्त्री ज्यू, छापामा निस्केका जनताका दुर्दसाका तस्बिरहरु के सबै झुट हुन् ?



आज प्रकाशित अन्तरवार्ता अनुसार सम्माननीय प्रधानमन्त्रीको भनाइ मान्ने हो भने संचारमध्यम ले जे थाहा पाउँछन् त्यो सबभन्दा पहिले सरकारलाई सूचना दिनु पर्दछ । एकदलीय अधिनायकवादमा यो होला तर प्रेस स्वतन्त्रता भएका देशमा संचारमाध्यमले जनतालाई सुसुचित गर्ने हो । यो सामान्य यथार्थतालाई बिर्सेर गाली गर्नु प्रधानमन्त्रीको कुतर्क र डरलाग्दो दम्भ हो ।

प्रधानमन्त्रीजीले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्नु भएको छ यो ठिक हो तर जीवन रक्षाको लागि मगाएको औषधिको मोल भन्दा तीन दुगुना बढीमा ल्याउने र नेपाल सरकारमा रजिस्टर पनि नभएको कम्पनीलाई तीन घण्टा भित्र ठेक्का दिई गरेको अनिमियततालाई संरक्षण दिनुले जनताको जीवनमाथि केही व्यक्तिको आर्थिक स्वार्थको लागि खेलवाड गरेको देखाउँछ । यस्ता भ्रस्टाचारको खोजविन गर्ने कि अरुलाई गाली गर्ने ?

३. प्रधानमन्त्रीजी ले हेर्नु पर्योः हजारौ नेपालीहरु अहिले राजमार्गमा अलपत्र परेका छन् । तिनीहरुको लागि तपाईंको सरकारले के गरेको छ ? तपाईंको सरकारले ति सबैलाई घर पुर्याउने व्यवस्था गरेको भन्नु भएको छ । यदि यो हो भने ति छापामा निस्केका जनताको दुदसाका तस्बिरहरु के सबै झुट हुन् ? तपाईं अहम र दम्भको जालोमा हुनुहुन्छ । वरीपरी बस्ने धुपौरेले तारिफ गरेका छन् तर बास्तबिकता अर्कै छ । त्यसैले यथार्थता स्वीकार गरेर सकारात्मक कदम लिनुको सट्टा पत्रकार र अरु सबैको भनाइलाई “कर्कस धुन“ को रुपमा देख्न थाल्नु तपाईंको दृष्टि दोष मात्र हो ।

४. यो माहासंकटको समयमा हामी सबै सरकारलाई सहयोग गर्न चाहन्छम् । तर यथार्थलाई नजर अन्दाज गरेर तपाईंको दास हुन कोही तयार छैन ।

डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको समस्या समाधानका लागि कोसिस गर्ने खनाललाई प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल

जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ: सांसद महतो

काठमाडौँ । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा

राजनीतिमा आएको एउटा फ्रेस युवाले अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ

नारायण गाउँले । स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल

मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौँथो पटक विश्वासको मत लिँदैछन्