चैत महिनामा विदेशबाट आएका सबैलाई कोरोना परीक्षण गर्न सरकारको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्यापिड टेस्टमा आउन आग्रह गरेको हो ।