‘कोरोना भाइरसको मुहान सुक्न लागेको छ’



कोरोना संक्रमणको विश्ब्यापी महामारी तथा सुचनाको महामारीको कारण संसारभर यसको त्रास छ | यसको फैलाबाट तीब्र भएपनि कोरोना कमजोर भाइरस हो | हामीले तथ्य बुझ्यौं भने यो संक्रमणबाट डराउनु पर्दैन | केवल सतर्क भए पुग्दछ | यसको लागि केहि तथ्य उल्लेख गरेको छु |
..
• – कोरोना भाइरसबाट संक्रमित १९४६४३७ मध्ये १२१७०९ को मृत्यु भएको छ | यो २.३ % हो | जबकी मर्सको मृत्युदर ३४ %, सार्सको ११ % र इबोला संक्रमणको ९० % मृत्युदर थियो |

• बालबालिकाको मृत्युदर निकै कम छ | तसर्थ बुवाआमाहरु चिन्तित हुनु पर्दैन |

• चीनको बुहानमा ७६ दिनपछि लक डाउन खुल्यो | अहिले चीनमा कोरोना संक्रमण लगभग नियन्त्रणमा आयो | अहिले युरोप र अमेरिकामा पनि नयाँ संक्रमितको संख्या घटिरहेको छ | दक्षिण एसिया र अफ्रिकामा पिकमा आउन बाँकी छ | यो तथ्यले ले भन्छ भने कोरोना संक्रमणको पनि आयु छ | कोरोना भाइरसको मुहान सुक्न लागेको, आयातित भाइरस क्रमशः कमजोर हुँदै गएको तथा संसारभर लक डाउनदेखि टेस्ट, क्वारेन्टाइन, आइसोलेसन आदिको कारण भाइरस संक्रमण अब निश्चित पकेटमा सिमित हुँदै हट्दै जाने विश्वास लिइएको छ |

• अमेरिकाको Abbott प्रयोगशालाले ५ मिनेटमा परिणाम दिने परिक्षणको बिकास गरेको छ | त्यस्तै धेरै देशले ५ मिनेटदेखि १ घन्टामा रिपोर्ट आउने परिक्षण विधिको बिकास गरेका छन् | जसले गर्दा रोग छिटो पत्ता लागेर संक्रमितलाई आइसोलेसनमा राख्ने काम भइरहेको छ |

• यसभन्दा पहिले फैलिएका सार्स तथा मर्स पनि कोरोना संक्रमण नै थिए | ती रोग नियन्त्रण गर्न प्रयोग गरिएका एन्टी भाइरल औषधि, मलेरियाको औषधि तथा एन्टिबायोटिक नोबेल कोरोना भाइरस संक्रमणमा पनि निकै प्रभाबकारी देखिएका छन् |
• भिटामिन सि, भिटामिन डी तथा जिंक सप्लिमेन्ट कोरोना संक्रमणमा प्रतिरोधी देखिएको छ | जुन बजारमा उपलब्ध छ |

• प्राय : सबै नेपालीले बिसिजी खोप लगाएका छौं, जुकाको औषधि नियमित खाने गरेका छौं, पोलियो सुई वा थोपाको प्रयोग गरेका छौं तथा बिभिन्न रुघाखोकीको इम्युन छौं | हाम्रो आहारविहार , आचार तथा ब्यबहार रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको छ | तसर्थ हामी थप सुरक्षित छौं |

• इन्टरनेटको पहुँचको कारण संसारभरका सफलताका कथा, तरिका तथा उपाय थाहा भइरहेको छ | जसले गर्दा सामाजिक दुरी मात्र हैन सामाजिक तथा मेडिकल कनेक्सन पनि बढाएको छ | आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका व्यक्तिसंग प्रविधिको सहायताले कुराकानी तथा देखभेट भएको छ | यसले चिन्ताको स्तर निकै घटाएको छ |

• लक डाउनको कारण प्रदुषण स्तर न्यून भएको छ | यसकारण पनि रोग प्रतिरोधात्मक क्षमता बढिरहेको छ | ताजा घरेलु खानपिन, आराम तथा भागदौडमुक्त जीवनशैलीले थप निरोगी बनाएको छ |

• चीन, इटली, भारत लगायत देशमा ८०- १०३ बर्षका दीर्घरोगी संक्रमित निको भएर फर्किएका छन् | यस्ता उदाहरण हरेक अति संक्रमित देशमा उपलब्ध छन् |

• चीन र जापानका चिकित्सकले निको भएका संक्रमितको प्लाज्मा नयाँ संक्रमितलाई दिएर उनीहरुको इम्युनिटी बुस्ट गरिरहेका छन् | यो स्थापित बिधि नै हो |

• भबिष्यमा यस्ता अन्य महामारी भएमा संसार सजग भएको छ | यसले गर्दा आगामी महामारी छिटो नियन्त्रणमा आउनेछ | हरेक महामारीले ठूलो पाठ सिकाएका हुन्छन् | हामीले हाम्रो सोंच, ब्यबहार , जीवनशैली, परिवारको महत्व आदिलाई यो महामारीले सकारात्मक परिवर्तन गर्नेछ |
• बिकसित देशको ठूलो बजेट र बैज्ञानिकहरु कोरोना संक्रमणबिरुद्ध खोप तथा औषधिको लागि खटिरहेका छन् | बिभिन्न देशमा खोपको मानवमा परिक्षण सुरु गरिएको छ | उक्त खोपको प्रतिक्रिया अध्ययन भइरहेको छ | चीन, कोरिया, सिंगापुर, जापान, भारत, इजरायल, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अमेरिका, क्यानडा लगायतका देश छिट्टै खोप प्रमाणित गर्न अग्रसर छन् |

• होम क्वारेन्टाइन तथा होम आइसोलेसन बिभिन्न देशमा चलिरहेको छ | यसबाट अस्पताल बस्नुपर्ने तनाब निकै कम भएको छ |
• हरेक देशमा स्वयंसेवी भएर काम गर्न अधिकांश युवा तयार छन् |

• स्वास्थ्यकर्मीहरु बिदामा नबसेर तथा लगातार ड्युटीमा रहेर लाखौँ संक्रमितलाई सेवा दिइरहेका छन् |
. कोरोना संक्रमणमा सहयोग गर्न चीन, क्युबा लगायतको टोली इटालीमा परिचालित छ, फ्रेन्च तथा स्पेनिश संक्रमितलाई एयर चार्टर गरेर जर्मनी तथा अस्ट्रियामा ल्याइएको छ | यस्ता उदाहरण अहिले विश्वभरी पाइन्छ |

.विपदको समयमा सरकारी, गैह्रसरकारी निकाय, पेशागत समुह, ब्यबसायी, कलाकार, खेलाडी आदिले सहयोग गर्ने, सरकारले निशुल्क परिक्षण तथा उपचार गर्ने जस्ता सकारात्मक पक्षको बिकास भएको छ | त्यस्तै आफ्नो आर्थिक स्तर अनुसार राष्ट्रले राहत कार्यक्रम ल्याएर जनतालाई बचाउँछन् भन्ने सन्देश दिएका छन् | ( स्रोत: बिभिन्न आधिकारिक रिपोर्ट )

 : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बालेन भन्छन् -तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाइएछ, नआत्तिनु, समय आउँछ

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले घरेलु बाल श्रमिक राखेको आरोप लागेकी

सरकारलाई अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छः उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग