आगामी ३ मे सम्म लकडाउनको अवधि बढाउने भारतीय प्रधानमन्त्रीको घोषणा



भारतले ३ मे सम्म लकडाउनको अवधि बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन् ।

उनले कोरोनाको अहिलेसम्म खोप नबनेकाले यसलाई रोक्नु एकमात्र बिकल्प घरमै बस्नु रहेकाले लकडाउन बढाउनुको बिकल्प नभएको बताए । उनले नागरिकस्तरबाटसमेत लकडाउन बढाउन सुझाव आएकाले आफूले यस्तो निर्णय लिनुपरेको बताए ।

एकहप्ताको कडिकडाउपछि भने नयाँ हटस्पट अर्थात एकैस्थानमा धेरै सङ्क्रमण देखा नपरेका क्षेत्रमा लकडाउनका प्रावधान केही खुकुलो पार्न सकिने उनले बताएका छन्।

मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए।

देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा बुधवार विस्तृत निर्देशिका जारी गर्ने पनि मोदीले बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दाबी गरे।

उनले भने: “केही समय अगाडि भारतकै जस्तो अवस्थामा रहेका देशहरूको अवस्था खराव भएको छ भने भारत सम्हालिएको अवस्थामा छ। समयमा छिटो फैसला नलिएको भए भारतको अवस्था के हुन्थ्यो भन्ने सम्झँदा पनि डर लाग्छ।”

“भारतलाई सामजिक दूरी र लकडाउनले ठूलो फाइदा गरेको छ।” उनले भारतले प्रभावित देशबाट आउने पर्यटकहरूको परीक्षण र १४ दिने क्वारन्टीनको निर्णय समयमै गरेको पनि बताए।

यसअघि भारतले तीन साताका लागि लकडाउनको घोषणा गरेको थियो ।

त्यसको अवधि बुधबार सकिंदै थियो । कोरोना संक्रमणबाट भारतम अहिलेसम्म तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ भने दश हजार भन्दा बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि