कोरोना संक्रमणबाट विश्वमा १ लाख १४ हजारको मृत्यु, १८ लाख ५३ भन्दा बढी सङ्क्रमित
कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । सोमबार मध्यान्हसम्म यस प्रकोपबाट विश्वमा १ लाख १४ हजार २७० जनाको मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् ।
अमेरिकामा २२ हजार ११५ जनाको मृत्यु भएको छ भने ५ लाख ६० हजार ४३३ संक्रमित भएका छन् । त्यस्तै ३२ हजार ६३४ निको भएर घर फर्केका छन् ।
त्यस्तै स्पेनमा १७ हजार २०९ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार ८३१ संक्रमित भएका छन् भने ६२ हजार ३९१ जना निको भएर फर्केका छन् । त्यसैगरी इटालीमा १९ हजार ८९९ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ३६३ संक्रमित र ३४ हजार २११ निको भएर घर फर्केका छन् ।
फ्रान्समा १४ हजार ३९३ को मृत्यु, १ लाख ३२ हजार ५९१ संक्रमित र २७ हजार १८६ निको भएर घर फर्केका छन् । जर्मनीमा ३ हजार २२ जनाको मृत्यु, १ लाख २७ हजार ८५४ संक्रमित र ६० हजार ३०० निको भएर घर फर्केका छन् ।
बेलायतमा १० हजार ६१२ को मृत्यु भएको छ भने ८४ हजार २७९ संक्रमित र ३४४ निको भएका छन् । त्यस्तै चीनमा ३ हजार ३४१ जनाको मृत्यु, ८२ हजार १६० संक्रमित र ७७ हजार ६६३ निको भएर घर फर्केका छन् ।
इरानमा ४ हजार ४७४ जनाको मृत्यु, ७१ हजार ६८६ संक्रमित र ४३ हजार ८९४ निको भएर घर फर्केका छन् । टर्कीमा १ हजार १९८ जनाको मृत्यु, ५६ हजार ९५६ संक्रमित र ३ हजार ४४६ निको भएका छन् ।
बेल्जियममा ३ हजार ६०० जनाको मृत्यु, २९ हजार ६४७ संक्रमित र ६ हजार ४६३ निको भएर घर फर्केका छन् ।