नबिर्सौं, कोरोना संक्रमण तथा मृत्यु हाम्रो हातमा छ



– कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय १०० % घरभित्र बस्ने हो | सरकारले लक डाउन गर्ला वा नगर्ला, कडा गर्ला वा लचिलो गर्ला – हामी १ महिना घरभित्र बस्यौं भने ठूलो खड्को काट्नेछौं |

– अमेरिका, युरोप, कोरिया, जापान, इरान लगायतका देशमा नयाँ संक्रमण अब तीब्र गतिमा घट्छ | यो १ महिना घरभित्र बस्दा यी देशहरु सुरक्षित हुनेछन | अस्ट्रेलिया, भारत, खाडी मुलुक तथा अफ्रिकामा कडा लक डाउन र ब्यापक परिक्षण हुँदैछ | लक डाउन, क्वारेन्टाइन, आइसोलेसन र उपचारको कारण यी देशमा ६ हप्तामा स्थिति नियन्त्रणमा आउनेछ |


– नेपाल हालसम्म सुरक्षित छ | सरकारले लक डाउन भारतको समानान्तर बढाउने, बोर्डर शिल गर्ने, परिक्षण / क्वारेन्टाइन / आइसोलेसन लाई थप मजबुत बनाउँदा नेपालमा खतरा देखिदैन | सीमाका स्थानीय जनतासंग सरकारले एकाकार भएर शशस्त्र प्रहरीसंगै बाक्लो गस्ती बढाउने काम गरेमा नेपाल थप सुरक्षित हुन्छ |


– कोरोना भाइरसको पुस्तान्तरण हुने तथा नयाँ रुपमा स्वरूप परिवर्तन हुने प्रक्रियाको अध्ययन गर्दा उत्तरोत्तर कान्छो पुस्ता कमजोर हुँदै गएको छ | पहिलो ओरिजिनल स्ट्रेन जुन बुहान, इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशमा फैलियो, त्यसपछिको पुस्ता कमजोर देखिएको अनुसन्धानले देखाएको छ | तसर्थ अब संसारका सबै देशमा मोडरेट हुँदै माइल्ड अर्थात सामान्य संक्रमण मात्र हुने र नयाँ संक्रमितको मृत्युदर निकै कम हुनेछ |


– कोरोना भाइरस फैलाबटको अध्ययन गर्दा धेरै नयाँ तथ्य फेला परिरहेका छन् | यो भाइरस संक्रमित व्यक्ति खोक्दा, छ्युं गर्दा, सुसेली हाल्दा तथा घुर्दा १३ फिटसम्म पुग्ने र सामान्य कुराकानी गर्दा ८ फिटसम्म पुग्न सक्ने अध्ययनले जनाएको छ | तसर्थ व्यक्तिगत दुरी बढाउनु अत्यावश्यक छ | यो तथ्यमा हामी चनाखो हुनु जरुरी छ |


– त्यस्तै कोरोना संक्रमितको उपचार तथा स्याहार गर्ने व्यक्तिको जुत्ताको सोलबाट संक्रमण धेरै समयसम्म सर्न सक्ने भएकोले अस्पताल बाहिर निस्केपछि चप्पल / जुत्ता त्यहीं छोड्नुपर्ने, खुट्टा संक्रमणरहित बनाएर अर्को जुत्ता अनिबार्य लगाउनु पर्ने तर्फ ध्यान दिनु जरुरी छ |


– विश्व स्वास्थ्य संगठनले पहिले भनेको धारणामा परिवर्तन गरेको छ | तदनुसार बाहिर निस्कदा सबै व्यक्तिले अनिबार्य रुपमा मास्क लगाउनु पर्दछ | मास्क उपलब्ध नभए कपडाको २-३ लेयर भएको मास्क, छिद्र नभएको सल आदि भएपनि लगाउँदा थप सुरक्षित हुन सकिन्छ |


– कोरोना संक्रमण भएपनि इम्युनिटी पावर हाइ भएमा डर मान्नुपर्दैन | रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पोषिलो खाना, व्यायाम, मनोरन्जन, पर्याप्त निद्रा, योग, सकारात्मक सोंचलाई उत्तरोत्तर ख्याल गर्ने कुरा हाम्रो हातमा छ |


– अहिले विश्वका सयौं प्रयोगशालामा खोप तथा औषधिको अनुसन्धान भइरहेको छ | ती अनुसन्धान मान्छेमा प्रभाबकारी देखिएका छन् | आशा गरौँ, ती उत्पादन विश्व बजारमा छिटो आउनेछ |
– नबिर्सौं, कोरोना संक्रमण तथा मृत्यु हाम्रो हातमा छ | घरमै बसौं, इम्युनिटी पावर बढाऔं, चिन्ता नगरौं |

डा. रवीन्द्र पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा

सबै अनियमितताका सम्बन्धमा छानबिनका लागि संसदीय समिति गठन गर्न वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले