एउटा क्रान्तिकारी राजनेतालाई कति समय सत्तामा बसेपछि धित मर्छ होला ?



विष्णु रिजाल ।

निःसन्देह आधुनिक चीनका निर्माता अध्यक्ष माओका अनेक अमूल्य योगदानहरुका बारेमा विश्व नै परिचित छ । विश्वको सबभन्दा ठूलो देशलाई एकसाथ विदेशी आधिपत्य र सामन्तवादबाट मुक्त गराउँदै सर्वहारा वर्गका हातमा सत्ता ल्याउन उहाँले नेतृत्व गरेको चिनियाँ क्रान्ति विश्वका थोरै आश्चर्यमध्येको एक हो । सन् १९४९ मा सम्पन्न चिनियाँ क्रान्तिपछि आधुनिक चीनको जग बसाल्नमा माओ जस्ता शक्तिशाली नेता नभएको भए सम्भव थिएन ।
यस्ता क्रान्तिकारी, दूरद्रष्टा र लोकप्रिय नेताको जीवनलाई फर्केर हेर्दा, उहाँसँगै काम गरेका सहयोगीहरुले लेखेका पुस्तक पढ्दा, उहाँका समकालीनहरुका संस्मरण केलाउँदा र सन् १९७६ मा उहाँको निधनपछि चिनियाँ कम्युनिस्ट पार्टीले निकालेका निष्कर्षहरु विश्लेषण गर्दा केही प्रश्न उब्जिन्छन्ः

१. माओेत्सेतुङ जस्ता अग्ला उचाइँका नेताले क्रान्तिका अनेक मोर्चामा सफलता हासिल गरेका, आफूलाई साथ दिएका र आफूलाई कहिल्यै पनि ननाघ्ने नेताहरुलाई किन साथमा राख्न सक्नुभएन होला ? ल्यु साओचि, देङ साओपिङ, छन यी, छन् युन जस्ता नेताहरु किन एकपछि अर्को गर्दै उहाँबाट टाढा रहने स्थिति बन्यो होला ?

२. अन्धविश्वास, देवीदेवता, भक्ति र सामन्तवादमा विश्वास नराख्ने भएर त्यसलाई तोडेर नयाँ समाज बनाउन जीवनको बाजी लगाएर सफलता हासिल गर्नुभएका माओत्सेतुङलाई क्रान्ति सफल भएपछि जताततै आफ्ना तस्वीर राख्न लगाउने, लेख–रचनामा कोट राख्नुपर्ने, वरिपरि समर्थक मात्र रहनुपर्ने र आफूलाई मन नपर्नेवित्तिकै सत्ताच्युत गरेर गाउँतिर पठाइहाल्नुपर्ने बन्न केले मद्दत गर्यो होला ?

३. छोरालाई कोरियाली क्रान्तिमा होम्ने, परिवारलाई त्यागेर क्रान्तिमा लाग्ने र व्यक्तिगत जीवनलाई क्रान्तिको मातहत राख्ने माओत्सेतुङलाई जीवनको अन्तिम कालखण्डमा आफ्नी श्रीमती च्याङ चिङले घेराबन्दीमा पार्दा, सहयोद्धाहरुबाट टाढा पुर्याउँदा र महान् सर्वहारा सांस्कृतिक क्रान्तिका नाममा ‘ग्याङ अफ फोर’ तयार गरेर हजारौँको कत्लेआम गर्दा त्यसलाई चिर्न केले रोक्यो होला ?

४. नेतृत्वको पहिलो मोर्चाबाट दोस्रोमा सर्ने भनेर १० बर्षमै औपचारिक जिम्मेवारीबाट टाढा रहन थाल्नुभएका माओलाई फेरि के कुराले आकर्षित गर्यो होला र जीवनको अन्तिम क्षणसम्म सकी नसकी आफैँ सत्ताको केन्द्रमा रहनुभयो होला ?

५. एउटा क्रान्तिकारी राजनेतालाई कति समय सत्तामा बसेपछि धित मर्छ होला ? जीवनको अन्तिम अवस्थामा अस्वस्थ, अशक्त र निस्क्रिय प्रायः भइसक्दा पनि सत्ताको बागडोर छाड्न नसक्दा त्यसले चिनियाँ कम्युनिस्ट पार्टीलाई घाटा भयो कि फाइदा ?

६. अवश्य पनि, माओ जस्ता नेता अरु थिएनन्, सम्भव पनि थिएन । तर, उत्तराधिकारी तयार गरेर आफू सक्रिय छँदै सत्ता हस्तान्तरण गरेको भए लिन प्याओ जन्मिने थिएनन् कि ? अथवा, उत्तराधिकारी घोषित गरिएका हु गोफेङले माओ जीवितै रहँदा मौका पाएको भए पछि जसरी लखेटिनुपर्ने थिएन कि ?

माओको दोभासेका रुपमा काम गरेका चिनियाँ कूटनीतिज्ञ ली चाउचुले आफ्नो संस्मरण ‘द म्यान अन माओज राइट’ पुस्तकमा उहाँका आखिरी दिनहरुको कारुणिक बर्णन यसरी गर्नुभएको छः

‘म न्युजिल्यान्डका प्रधानमन्त्री रोबर्ड मुल्डुनको पहिलो औपचारिक चीन भ्रमणमा उहाँका लाग उल्था गर्न माओको भिल्लामा गएँ ।….माओ यति कमजोर भइसक्नुभएको देखेर म त्रस्त भएँ । उहाँको मन्तव्य नबुझिने आवाजमा झरिसकेको थियो । उहाँ विस्तारै केही चीज भन्नुहुन्थ्यो र चाङ युफेङ (निजी सचिव) लाई ठीक रुपमा चिनियाँ भाषामा दोहोर्याउनका पर्खिनुहुन्थ्यो । यदि उहाँले माओलाई राम्ररी सुन्नुभयो भने उहाँले संकेत गर्नुहुन्थ्यो र त्यसपछि मैले मुल्डुनका लागि अंग्रेजीमा उल्था गर्थें । यदि चाङले गलत बुझ्नुभयो भने माओले टाउको हल्लाउनुहुन्थ्यो र उहाँले राम्ररी नबुझुञ्जेल कागजमा केही शब्द लेख्नुहुन्थ्यो ।’

पाकिस्तानी प्रधानमन्त्री जुल्फीकार अलि भुट्टोको चीन भ्रमणका बेला चाहिँ माओको झन् खराब हालत भएको विवरण लीले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । त्यो नै माओको विदेशीसँगको अन्तिम औपचारिक भेट थियो ।
७. के यी पाठहरु इतिहासमा पढ्नका लागि मात्र तयार भएका होलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राजा ज्ञानेन्द्रले बाटो पहिल्याउन नसकेका मात्रै हुन्, उनको नियतमा कुनै खोट थिएन’

केशवप्रसाद भट्टराई । १. २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम सरासर

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक

‘पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो, अहिले महान राजा पनि भन्नुभयो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार