अबको १ महिनापछि हामीले यो कष्टबाट त्राण पाउने छौं



बिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु
.
अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं |

आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो हामीले अनुमान गर्न सक्छौं | यस्तो बेला यहाँहरुले दह्रो आत्मबल, संयम तथा धैर्यता राख्नु जरुरि छ | हाम्रो सानो हेल्चेक्र्यांइले आफ्नो तथा परिवारको स्वास्थ्यमा अकल्पनीय अवस्था आउन सक्छ | तसर्थ फुकी फुकी पाइला चाल्नु अत्यावश्यक छ |
यस्तो बेला शारीरिक, मानसिक तथा आध्यात्मिक स्वाथ्य बलियो बनाउन सम्भव भएका यी उपायहरु आजदेखि नै अपनाउनुहुन बिनम्र अनुरोध गर्दछु |
.

– रोगसँग लड्ने इम्युनिटी पावर बढाउनको लागि सुपरहर्ब जस्तै मोरिंगा, गानोडर्मा, जिन्सेन, जिंकोबाइलोबा, यार्सागुम्बामध्ये जे जे पाउनुहुन्छ, अनलाइन खरिद गरेर नियमित सेवन गर्नुहोला |

– Vitamin C, B6, B12, E Zinc भएको Multi Vitamin तथा fish Oil नियमित सेवन गर्नुहोला | यसले तपाइंको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै भाइरसको Mulltiplication लाई रोक्न मद्दत गर्दछ |

– चिनियाहरुले अपनाएको बिधि तातोपानी दिनमा ५-६ गिलास पिउने, दिनमा १-२ पटक पानीको बाफ लिने, सुप खाइरहने गर्नुहोला |
– खानामा नेपाली मसलाका अत्यधिक Variety प्रयोग गर्नुहोला | जस्तै : लसुन, प्याज, बेसार, मरिच आदि ||

– सागसब्जी तथा फलफुल नियमित सेवन गर्नुहोला |

– घरभित्र हल्का व्यायाम, योग तथा ध्यान गर्नुहोला |

– दैनिक डायरी लेख्ने बानी गर्नुहोला |

– कमेडी सो, फ्लिम, पुस्तक, Motivational Speech तथा पारिवारिक माहोलमा कोरोना कहर ब्यबस्थापन गर्नुहोला | सामाजिक संजालले चिन्ता बढाउने काम गर्छ | तसर्थ यसको प्रयोग एकदम कम गर्नुहोला |

– रातमा ७-८ घण्टा र दिनमा १ घण्टा सुत्ने गर्नुहोला |

– तनाब, चिन्ता तथा पीरलर इम्युनिटी पावर घटाउँछ | तसर्थ आत्मबलको प्रबर्धन गर्न मनोरंजन गर्नुहोला |

– घरमै ब्लडप्रेसर तथा Blood Glucose हेर्दै गर्नुहोला | ( BP Set तथा Glucometer बाट ) ||

– नियमित औषधिसेवीहरुले औषधि नछोड्नुहोला |

– काम तथा ब्यबसायमा बेहोर्नुपरेको घाटाको चिन्ता नलिनुहोला | हामी स्वस्थ रह्यौं भने मेहेनत गरेर त्यो खाडल पुर्न सक्नेछौं |
– सामान्य रुघाखोकीसंग डर नमान्नुहोला |

– नेपालीहरु फोन / इन्टरनेटमार्फत नियमित सम्पर्कमा रहनुहोला | यसले आत्मबल बढाउनेछ |
– अबको १ महिनापछि हामीले यो कष्टबाट त्राण पाउने छौं |

– तपाईंहरु नेपालभन्दा अत्यधिक सुबिधा सम्पन्न देशको स्वास्थ्य सेवामा हुनुहुन्छ | तसर्थ संक्रमण भइहाले पनि डर मान्नुपर्दैन |

तपाईंहरू एक्लै हुनुहुन्न | हामी ३ करोड नेपाली, मातृभूमि नेपाल, आराध्यदेव पशुपतिनाथ, स्वयम्भुनाथ तथा शक्तिपीठहरु तपाईहरुसंग छौं / छन् | हरेक देशका नागरिकको आन्तरिक शक्ति फरक फरक हुन्छ | हामी सबैको आन्तरिक शक्ति पनि फरक फरक हुन्छ | हाम्रो तुलना अरुसंग हुँदैन | तसर्थ आफ्नो शक्ति र स्वास्थ्यमा विश्वास गर्नुहोला |
यहाँहरुको जीवन सुन्दर, सुरक्षित रहोस् |
विनित
डा. रवीन्द्र पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीको गतिविधि बढेको विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ

राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ

तीन–चार महिनामा सेवा निवृत्त हुने कुलमानको पछि सरकार लाग्नु ठीक होइनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा