कोरोनाबाट अमेरिकामा एकैदिन १ हजार ८ सय ९५ जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाबाट विश्वमा ८८ हजार ४०३ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो । अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो ।
अघिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको थियो । सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टामा ७४७, इटलीमा ५४२ तथा फ्रान्समा ५४१ ले २४ घण्टामा ज्यान गुमाएका छन् । सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख ११ हजार ३७५ जनामा देखिइसकेको छ ।