स्वास्थ्य बिग्रिएपछि ब्रिटिश प्रधानमन्त्री जोनसनलाई आइसियूमा सारियो



बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उनमा कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू “खराब“ भएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ । एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको बताएका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ । गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए ।

“सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।“ आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुन सकुन् भनेर उक्त निर्णय लिइएको बताइएको छ । डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ“ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार

आफू मात्रै होइन,काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !

केशवप्रसाद भट्टराई । १. एमाले भित्रको कायरतापूर्ण आपसी किचकिचले गएको सरकारको आधा कार्यकाल

कोभिड नियन्त्रणका लागि जापानमा अगष्ट ३१ सम्म स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको

किन बढ्दैछ अफगानिस्तानमा हिंसा ?

अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको