स्वास्थ्य बिग्रिएपछि ब्रिटिश प्रधानमन्त्री जोनसनलाई आइसियूमा सारियो



बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उनमा कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू “खराब“ भएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ । एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको बताएका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ । गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए ।

“सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।“ आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुन सकुन् भनेर उक्त निर्णय लिइएको बताइएको छ । डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ“ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक