कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, १२ लाख भन्दा बढी संक्रमित
कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ । इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । योसँगै इटलीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।
स्पेनमा २४ घण्टामा ८०९ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म ११ हजार ९४७ जनाको मृत्यु भएको छ । त्यसैगरी कोरोना संक्रमितको संख्या विश्वमा १२ लाख भन्दा बढी पुगेको छ ।
यो महामारीले अहिलेसम्म ६४ हजार सात सयको मृत्यु भएको छ छ । अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार ४ सय नाघेको छ । न्युयोर्कमा मात्रै पछिल्लो २४ घण्टामा ६३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।