‘अहिले गम्भीर बनिदिऊँ, तीन दिनको म्यादमा टेण्डर खोल्ने, पाँच दिनमा विदेशबाट चिकित्सकीय सामानको आपूर्ति गर्नुपर्ने यो धन्दा नगरौं !’



जेपी गुप्ता ।
दिन ठिक रह्यो भने मन्त्रीले रकमकलम, राज्यले प्रतिशोध, प्रतिपक्षले सत्ता, अदालत(अख्तियार सबैले पाउने छन् । कोरेनाभाईरसको बिस्तार स्थानीय संक्रमणको रूपमा रहन्छ कि सामुदायिक संक्रमणको आकार ग्रहण गर्छ ? यसबारे अनेकन प्रारम्भिक आंकलन तथा अध्ययनहरूलाई बेवास्ता गर्दै आएका इटाली, स्पेन र अमेरिकाका राज्य संस्थापनपक्ष यतिखेर विनाशको दावानलमा फसिसकेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले त्यहाँ आउँदो २ सातामा २ लाख भन्दा बढीको मृत्यु हुनसक्ने बताएर अमेरिकाले सामुदायिक संक्रमणको दैलो पार गरिरहेको बुझाएका छन् । यसलाई स्थानीय संक्रमणकै अवस्थामा सीमित गरिनुपर्दछ भन्ने चीन र दक्षिण कोरियाको लकडाउन मोडेलको खिस्सी उडाउने युरोपियन मुलुकहरू र ट्रम्प अहिले “सोसियल डिस्ट्यान्स” लाई कडाईका साथ पालन गर्न भनिरहेका छन् ।

यस सन्दर्भमा भारतका मोदी र उनका भक्त मिडियाले जे मा नि चीनको खिल्ली उडाएपनि संक्रमणलाई स्थानीय सीमामै सीमित पार्न चिनियाँ मोडेलकै “लकडाउन” विधि अपनाए । त्यो पनि संसारमै सबभन्दा कठिन रूपमा । हालै दिल्लीको एक मस्जिदबाट भारतका कयौं प्रदेशहरूमा फैलिन गएको संक्रमणको घटनाले स्पष्ट पारेको छ कि स्थानीय संक्रमण र सामुदायिक संक्रमणका बीच एकदमै पातलो, पारदर्शी र असंख्य छिद्रहरू भएको झिनो फरक मात्र छ । जहाँबाट क्षणभरमै संक्रमण फैलिन सक्छ । दिल्लीको निजामुद्दीन स्थित मस्जिदको शिक्षा नेपालले पनि गम्भीरताका साथ लिनसक्नु पर्दछ । यहाँसम्म गम्भीर असर परेको छ ।

हालै जाँन्स हापकिन्स यूनिवर्सिटीसंग सम्वद्ध एक अध्ययनले यस भाईरसबाट विश्व भरमा ३०(४० करोड मानिस प्रभावित हुनसक्ने र आउँदो अप्रिल र मई महिनामा कम्तीमा पनि १० करोड मानिस प्रभावित हुने भनिएको छ ।

यो चुनौती गम्भीर छ । यूरोपेली देशहरू, अमेरिका, चीन तथा कोरियन द्वीप, दक्षिण एशियाली मुलुकहरू सबैका लागि । छिमेकी भारतले यस उपर नियन्त्रण कायम गरेमा हाम्रो लागि “ब्लेसींगस् इन डिसगाईज” भनेर बस्ने नेपालका लागि पनि !

भारतमा आउँदो अप्रिल १४ पछि लकडाउन” लाई निरन्तरता नदिईने जस्ता संकेतहरू मोदी निकटका संदेशवाहकहरूबाट आउन लागेको छ । गत साता भारतले २१ दिने लामो लकडाउनको घोषणा गर्यो । यो निर्णय राष्ट्रको लागि आवश्यक तर अप्रिय निर्णय थियो । अब समय बित्दै जाँदा भारतको अगाडी यसबाट अवश्यंभावी हुने बिकराल सामाजिक, राजनीतिक तथा आर्थिक दुष्परिणामको खतरा छ । साथै, विकराल मानवीय विनाशको लागि चिकित्सकीय आपत छ । मोदीले अहिले मानव जीवनको रक्षालाई प्रथमिकता दिएका छन्। शायद यिनमा रहेको अध्यात्मिक उत्प्रेरणाले होला, नत्र भने ट्रम्पले पनि यसो गर्थे होला ।

आधुनिक नेपालमा हामीले युद्ध र अकाल भोगेका छैनौं । भारतले सन् १९३० को अकाल र सन् ४७ को बिभाजन पछि कयौं युद्धलाई भोगेको छ । भनिन्छ, युद्ध र अकालका कारण सम्पूर्ण मानव सभ्यता पलायनको बाटो अपनाउँछ । हामी यस लकडाउनको बेलामा हजारौं शताब्दीदेखि अगाडी बढाएको सभ्यतालाई पछाडी धकेलिरहेका छौं । किन भनेस् यो भन्दा भरपर्दो अर्को कुनै बिकल्प देखिदैन । यद्यपि, यसको परिणाम पनि सुनिश्चित छैन।

यस बर्षको फरवरी महिनाको शुरूतिर हामीले कोरेनाभाईरसका बारेमा थाहा पायौं। पशुपतिनाथको देश भनेर लामो समय बितायौं । दुई महिनासम्म टिभीहरूमा भयावह तस्वीरहरू हेरेर बसेका हामी आज आएर दिनमा १ हजार जनाको संक्रमण परीक्षण गर्ने स्थितिमा छौं । विद्यालयहरूमा आईसोलेशन कक्ष बनाउदैछौं । देशभरमा १०० बढी भेन्टील्टर उपलब्ध छैन । बिचार गर्नुस्, काठमांडूबाट दिल्ली उड्ने हरेक उडान सेवामा १५ २० जना भेटिन्थ्योस् जो आपतकालीन स्वास्थ्य सेवाका लागि दिल्ली गैरहेका हुन्थे । ति सबै यही खुम्चेर कृत्रिम स्वासप्रश्वास चलाएर बसेका छन् । शायद, शब्दमा यसको वर्णन गर्न कठिन छ ।

यसर्थ, आउने समय ठिक रह्यो भने सबैका लागि राम्रो दिन आउने छ । मन्त्रीहरू हिसाब किताब मिलाउनु होला । राज्यले प्रतिशोध लिनु परे लिनु होला । प्रतिपक्षले पनि मौका पाउने नै छन् । अदालत, अख्तियार सबैका दिन आउने छन् । बस्, अहिले गम्भीर बनिदिऊँ । तीन दिनको म्यादमा टेण्डर खोल्ने, पाँच दिनमा टाँढाको विदेशबाट चिकित्सकीय सामानहरूको आपूर्ति गरिनु पर्ने यो धन्दा नगरौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा