कोरोना भाइरसका कारण ५१ हजारभन्दा बढीको मृत्यु,संक्रमितको सङ्ख्या १० लाख नाघ्यो



विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।

भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ।

त्यो भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्याङ्कभन्दा पनि उच्च सङ्ख्यामा सङ्क्रमितहरू रहेको हुनसक्ने ठानिएको छ।

सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो। तर गत एक सातामै सङ्क्रमितको सङ्ख्या दोबर भएर त्यो दश लाख पुग्यो।

अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने मृत्युको सङ्ख्या इटलीमा उच्च छ। झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो सङ्क्रमित छन्।

बिहीवार स्पेनमा २४ घण्टाभित्रै ९५० जना मानिसहरूले ज्यान गुमाएका थिए। उक्त सङ्ख्या एकै दिनमा कुनै पनि देशमा भएको सङ्क्रमितको अहिलेसम्मकै उच्च मृत्यु हो।

बुधवार स्पेनमा सङ्क्रमितहरू अघिल्लो दिनभन्दा झण्डै आठ प्रतिसतले बढेका थिए। अहिले त्यहाँ पुष्टि भएका सङ्क्रमितहरू एक लाख १२ हजारभन्दा धेरै पुगेका छन्।

अधिकारीहरूले भाइरस अहिले उच्च विन्दूतर्फ पुग्न लागेको बताउँदै त्यो केही दिनपछि कम हुँदै जाने अपेक्षा गरेका छन्। कोभिड-१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो।

मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै ९ लाख मानिसहरुले आफ्नो जागिर समेत गुमाएका छन्। अमेरिकामा बिहीवार बताइए अनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसहरूले बेरोजगारी सुविधाको लागि दाबी दर्ता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई

तीन मन्त्रीले लिए सपथ

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका

यस्तो छ संसदमा दर्ता भएको निजामती सेवा विधेयक

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न