नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो



काठमाडौँ । नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ मा आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। यसअघि चीनबाट आएका एक व्यक्तिमा देखिएकोमा उनी निको भइ घर फर्केका छन् भने अन्य पाँच जना भने उपचारकका क्रममै छन् । यसैबीच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्म ११ सय ८४ परीक्षण भएका छन् । चीनबाट स्वास्थ्य सामग्री ल्याइएपछि अहिले सातै प्रदेशमा कोरोनाको परीक्षण सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा लुम्बिनी र गण्डकी प्रदेश सरकारको साझा सहमति

लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई

मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ ।

चिकित्सा शिक्षा आयोगको बैठकद्वारा नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि