मृतक र विदेशबाट आउने नेपालीबारे



– कोरोना संक्रमण सुरु भएपछि मृत्यु भएका व्यक्तिबारे शंका, तिरस्कार, भ्रम तथा त्रास उत्पन्न भएको छ | यस्तो समयमा भएका मृत्युको विवरण सरकारले समयमै स्पष्ट गर्नुपर्छ | पहिले मृत्यु हुने अनि रिपोर्ट कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ |
– हामीले बुझ्नु पर्छ कि प्रत्येक दिन / हप्तामा मान्छेको मृत्यु पहिले पनि हुन्थ्यो | विभिन्न उमेर समुहका व्यक्तिको निधन हुन्थ्यो | अहिले पनि जन्म र मरण भइरहेको छ | अहिले भएका हरेक मृत्यु कोरोनासंग जोड्नु हुँदैन |

– कुनै पनि व्यक्तिको मृत्यु भयो भने त्यो परिवारलाई तिरस्कार गर्ने, सहयोग नगर्ने, सान्त्वना नदिने तथा लास नउठाउने जस्ता अमानविय काम हामीले गर्नुहुँदैन | मृत्यु हरेक घरमा हुन्छ, छिटो र ढिलो मात्र हो | आजको हाम्रो व्यवहार भोलि आफ्नो लागि प्रत्युपादक नहोस् भन्ने हामीले हेक्का राख्नुपर्दछ |

– विदेशबाट नेपाल आएका आफ्ना छिमेकीलाई तिरस्कार गर्ने, लखेट्ने, नछुनेजस्ता व्यवहार नगरौं | यो देशमा जति हाम्रो अधिकार छ, उहाँहरुको त्यति नै अधिकार छ | उहाँहरुलाई सबैले मद्दत गरेर १४ दिन क्वारेन्टाइनमा राखौं | त्यो अबधिमा बिरामी भए उपचारको लागि सहयोग गरौँ |

– हामीले के बिर्सिनु हुँदैन भने नेपाल रेमिट्यान्सले चलेको देश हो | हाम्रो गाउँमा आएका टेलिभिजन, मोबाइल फोन, कपडादेखि हरेक कुरामा उहाँहरुको ठूलो देन छ | नेपालमा विपद पर्दा उहाँहरुले गरिरहनु भएको सहयोग भोलि पनि हामीलाई आवश्यक पर्दछ |

– सरकारले नेपाल आउन चाहाने संसारको जुनसुकै कुनामा रहेको नेपालीलाई आफ्नो देश आउने बाताबरण सिर्जना गर्नुपर्छ | विपदको बेला सबैले आफ्नो घर सम्झिन्छौँ | देश भनेको आफ्नो घर हो | उहाँहरुलाई ल्याएर १४ दिन अनिबार्य क्वारेन्टाइनमा राखेर आफ्नो थातथलो जाने बाताबरण प्रदान गर्नुपर्दछ | यो बिपद्पछि धेरै नेपाली नेपालमै रहुन भनेर सरकारले गाउँमा अवसरको सिर्जना गर्नुपर्दछ |

डा. रवीन्द्र पाण्डे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा