स्पेनकी राजकुमारी मारियाको कोरोना भाइरसको संक्रमणबाट निधन
कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । ८६ वर्षीया टेरेसाको कोरोना संक्रमणबाट शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन् ।
कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले उल्लेख गरेको छ । उनी सन् १९३३ जुलाई २८ मा जन्मेकी थिइन् । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पाँच हजार भन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ८३२ जनाको मृत्यु भएको छ ।