औषधि उपचारबाट रोग निकोपार्ने प्रणाली भन्दा जनस्वास्थ्यको यथोचित व्यवस्था उत्तम उपाय



डा. युवराज संग्रौला । औषधि उपचारबाट रोग निकोपार्ने प्रणाली भन्दा जनस्वास्थ्यको यथोचित व्यवस्था उत्तम उपाय हो । निजी अस्पतालको भरमार आइरोे लाग्यो । समाजको चरम उपभोक्तावादले रोगको राम्रो खेती गरिदियो । खेती मासियो, नास्पाती बजारमा बिक्दैन अमेरिकाको स्याउ खाने बानी लाग्या छ । संस्कृति र स्वास्थका बीचमा अनन्य सम्बन्ध हुन्छ । शरीरमा रोग कतैबाट आएर लाग्ने होइन, निर्माण गरिने हो ।

१. नेपालमा जनस्वास्थलाई प्राथमिकता नदिने राज्य प्रणाली र हाम्रो आफ्नै पथभ्रष्ट बनाइएको आदत हो । बाटो सफा राख्न हामी चाहन्नौं । बाटोमा कुकुरलाई हग्न ल्याउने कथित आधुनिक मानिस देखेकै छौँ । आँगन बढारेर बाटोमा फोहोर फ्याँक्ने हाम्रो बानी छ । पानीको मुहान त अब डोजरले सकिहाले ।

२. जनस्वास्थ्य र वातावरणको अभिन्न सम्बन्ध हुन्छ । पहिला गाउँघरमा ससना पोखरी र अहाल हुन्थे । बर्षायाममा परेको पानी भरिएर हिउँदमा धारा सुक्दैनथे । मानिसलाई सफा पानी प्राप्त हुन्थ्यो । त्यो कसले मासिदियो ? हामीले कहैल्यै सोचेनौं ।

३. जब प्रकृति ध्वस्त पार्यौं, तब रोगको खेती लाग्यो । तब अस्पतालका नाममा उद्योग खुले।

४. परिणाम एक करोडमा डाक्टर बनाउने उद्योग खुले, मेडिकल कलेजका नाममा । कालो धन राख्ने ठाउँ बने । यदि हामीले सयौं जनस्वास्थकर्मीहरु उत्पादन गरेको भए, स्वास्थ मन्त्रालयमा मथुरा श्रेष्ठ जस्ता बिज्ञ चिकित्सक राख्न सकेको भए, ठाउँ ठाउँमा जनस्वास्थ कलेजहरु खोलेको भए, यिनलाई डाक्टर भनिदिएको भए आज कोरोना भाइरसमा यसरी आतंकित हुनुपर्ने थिएन ।

तर नवउदारवादले मानिसको जीवन भ्रष्ट पूँजीपतिकाको पैसा कमाउने साधन बनाइदियो । रोग निर्माण गर्ने जन्कफुड र निजी अस्पताल अनि एलोपेथीको खेती मौलायो । खोज्नुहोस् त अस्पताल चलाउने र जन्कफुड उत्पादन गर्नेको सम्बन्ध कस्तो हुन्छ । अब मानिसले मानिस भएर बाँच्न पाउनु पर्छ । अबको विकास विकास समाजवादको रुपमा अगाडि बढ्नु पर्छ । अब मानिसले प्रकृति भित्र बाँच्न पाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप