सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुषमा भेटियो कोरोना भाइरसको संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसका चौथो संक्रमित व्यक्ति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ भिडियो कन्फ्रेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जनामा कोरोनाको संक्रमण भेटिएको जानकारी गराएको हो ।

३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । मन्त्रालयले कोरोनाको संक्रमण काठमाडौं बाहिर पनि देखिएकाले सबैलाई लकडाउनको पालना गरी घरभित्रै बस्न आग्रह गरेको छ । यसअघि कोरोनाको संक्रमण देखिएका एक जना निको भइ घर फर्किसकेका छन् भने दुई जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा

सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको

बाराको कलैयास्थित सुधार केन्द्रमा कुटपिटबाठ एक युवकको मृत्यु, सातजना पक्राउ

बारा । बाराको एक सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।