बेलायती प्रधानमन्त्री जोन्सनलाई कोरोना भाइरसको संक्रमण
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् ।
जोन्सनले भिडिओ कन्फरेन्सबाट भनेका छन्, ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ ।’ यसअघि बेलायती युवराज चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।