कोरोना भाइरसको प्राथमिक मनोसामाजिक उपचार



मनोसामाजिक समस्या के हो ?
मानिसको जिवनकालमा विभिन्न ठूला मानविय तथा प्राकृतिक विपद् आइलग्दछन् र सो को को सामना गर्न स्वयम् व्यक्ति सक्षम त हुँदैन तर त्यसको परिणमलाई लिएर वढि अत्तालिने, सामान्य दैनिकी जिउन पनि गाह्रो हन्छ र त्यसको असर सम्पूर्ण परिवार तथा समाजमा समेत पर्दछ । यसैलाइ मनोसामाजिक समस्या भनिन्छ ।

वर्तमान समयमा कोरोनाले विश्वव्यापी असर पुर्याएको, बारबार वढ्दो क्रममा मृत्यको समचार आइरहेको र यसवारे राम्रोसँग वुझ्नै नपाइकन देश नै लकडाउन (आफ्ना निवासमा बस्नुपरेको अवस्था ) भएको र अन्य राष्ट्रसमेत लकडाउनको क्रममा रहेको हुनाले मनोसामाजिक समस्या हुनेको संख्या वढ्दो छ । यस किसिमको मनोसामाजिक समस्याबाट बच्न कोरोनो भाइरस वारे खास वास्तविकता वुझ्न आवश्यक छ ।

कोरोना भाइरस वुझाइमा स्पष्टता
कोरोना भाइरस एक किसिमको जिवाणु हो जुन मानव शरीरमा प्रवेश गर्नसाथ घाँटी श्वास प्रश्वास हुँदै सम्पूूर्ण शरीरलाइ नै शिथिल पार्दछ । यसबाट पहिलेदेखिका श्वासप्रश्वास सम्बन्धी समस्या भएका, मृगौला तथा पेट सम्बन्धी समस्या भएका विरामी, कमजोर तथा विभिन्न औषधि सेवन गरिरहेका जेष्ठ नागरिकलाइ वढी सताउने गर्दछ । बेलैमा सतर्क नभए तथा उपचार नपाए ज्यान समेत जान सक्दछ ।

डर त्रास किन भएको त ?
यो एक कडा किसिमको सरुवा रोग हो । प्रायः यो रोगबाट ग्रसित हुनसाथ घाँटी दुख्ने, रुघा लाग्ने, धेरै ज्वरो आउने र शरीर शिथिल हुने गर्दछ । यस कोरोना भाइरसका कारण मृत्यु हुनेमा संख्या बीस हजार नाघिसक्यो । विदेशको आकंलन हेर्ने हो भने संक्रमित हुने देखि मृत्यु हुनेसम्म सर्वसाधारण देखि समाज तथा राष्ट्रमा नाम कहलाएका कलाकार, खेलाडी , राजनीतिज्ञदेखि प्रशासकसम्म सबैजना पर्नुभएको छ ।

नेपालको सन्दर्भमा मौसमी तथा विभिन्न कारणले ज्वरो आउने , रुघा खोकी लागिरहने हुनाले यस्ता लक्षण देखिनसाथ कोरोना भाइरस नै हो कि भनेर अत्तालिन थाल्नु भएको छ । यो शुरुवाती लक्षण त हो तर कोरोना भाइरस नै हो भन्न सकिन्न । तर तपाइँको सम्बन्ध कोही कोरोना भाइरस संक्रमित भएको व्यक्तिसँग भएको भए , तपाइँलाई कोरोना भाइरसले चाँडै संक्रमण गर्न सक्छ । अतः यस्ता लक्षण भएका मानिस आफैं सतर्क हुने र पारिवारका सदस्यसँग नसुत्ने, सकेसम्म दुई हप्तासम्म अरुलाई नछुँदा उचित हुन्छ । पाहुनालाइ परैबाट अभिवादन गर्नु पर्दछ । यो बेला सकेसम्म छरछिमेक भ्रमण तथा औपचारिक भेला तथा भेटघाट बन्द गर्नुपर्दछ ।

माहामारी भनेको के हो ?
विश्व स्वास्थ्य संगठनको सन् २०१० को परिभाषा अनुसार महामारी भन्नाले विश्वाव्यापी रुपमा फैलिएको नयाँ रोग भन्ने वुझ्न पर्दछ । भाइरसजन्य माहामारी भन्नाले नयाँ खाल्को भाइरस विश्वव्यापी रुपमा देखा पर्नु , धेरै जनसख्यासँग त्यसको प्रतिरोध क्षमता नहुनु तथा मृत्यु हुनु भन्ने वुझिन्छ । पहिलेका तथ्यहरुलाइ विचार गर्ने हो भने यस्ता भाइरसहरु विभिन्न जनावरहरुबाट उत्पन्न हुन्छन् र मासुजन्य खाद्य सामग्री उचित तरिकाले नपकाए महामारीमा झन् खतरा हुन सक्दछ ।

माहामारीको समयमा धेरै भन्दा धेरै जनसख्या विरामी हुने, चालु उपचार पद्दतिले धान्न नसक्ने र नयाँ उपचार पनि झट्ट फेला नपर्ने हँदा उपचार गर्ने स्वास्थ्यकर्मी देखि विरामी तथा आफन्तजनसबै तनावमा हुन सक्दछन् । वर्तमान अवस्थामा कोरोना भाइरस ( कोविद १९ ) विश्वकै लागि विषम चुनौति एवम् माहामारी भएको हुनाले सवैले आफ्ना आनीबानीमाथि विचार पुर्याउने र आवश्यक परे नियन्त्रण समेत गर्न सक्नु पर्दछ ।

प्राथमिक मनोसामाजिक उपचार के हो ?
विभिन्न प्राकृतिक प्रकोप, माहामारी तथा मानव सिर्जित समस्याबाट उत्पन्न हुने आफन्तको मृत्यु, आफ्नो तथा परिवारका सदस्याहरुको अपर्झट कडा विरामी, अङ्गभङ्ग, ठूलोचोटपटक , धनसम्पत्ति, घर व्यबसायमा आएको क्षति वा संभावित खतराले ल्याएको तनाव, डर , असुरक्षित महसुस, दुविधा घटाउन दिइने सेवालाई नै प्राथमिक मनोवैज्ञानिक उपचार भनिन्छ । यो प्राथमिक उपचार समाजमा मान्य स्वास्थ्यकर्मीदेखि अग्रज , शिक्षिक, कलाकार, लेखक, निर्वाचित जनप्रतिनिधि , सरकार तथा सामाजिक अभियन्ताले घटना भएदेखि पछिसम्म दिनसक्नुहुन्छ ।

नेपालको सन्दर्भमा कुनै व्यक्ति वा परिवारलाइ विपद् समयमा समदायबाट तुरुन्त कुरा सुन्ने, आड भरोसा तथा आवश्यक भौतिक, भावानात्मक, सांस्कृतिक तथा आध्यात्मिक सहयोग प्रदान गर्ने काम भइ रहेका छन् । यी सवै प्राथमिक उपचारका विभिन्न पाटा हुन् । यसै कारणले हाम्रो देशमा विगतको विपद्मा अन्तराष्ट्रिय जगतले भनेको जस्तो विकराल मानसिक समस्या आएन । हामी अझै सचेत भएमा अहिलेको माहामारीबाट पार पाउन सक्छौँ र आगामी दिनका लागि अझ राम्रो तयारी गर्न सक्छौँ र विश्वलाई नै हाम्रो देश, समुदाय तथा संस्कृतिको बहुआयामिक वैज्ञानिक फाइदाहरु तथा अनुभवहरु बाँड्न सक्छौँ । यसमा विभिन्न पक्षहरुको भूमिका अहम् हुनाले तल उल्लेख गरिएको छ ।

व्यक्ति स्वयंको कर्तव्य
महामारीको समयमा स्वयम् सुरक्षित हुने, आफ्नो तर्फबाट गर्न सक्ने सबै सरसफाइ आफैँ गर्ने , आफ्नो कुनै कुलत भए दीर्घ संकल्प लिएर आजैदेखि छोडिदिने, आफ्नो कुनै विरामी वा दीर्घ रोग भए, आवश्यकता अनुसार नियमित औषधि सेवन गर्ने , नियमित व्यायाम तथा ध्यान गर्ने, उच्च मनोवल तथा लक्ष्य लिएर व्यस्त रहने , वेलावेलामा सामाजिक सञ्जाल तथा समाचार हेर्ने तर नकारात्मक , अत्तालिने समाचार आदनप्रदान नगर्ने।

परिवारिक कर्तव्य
कुनै परिवारमा घरमूली व्यस्त भएर परिवार अस्तव्यस्त भएको भए , परिवारमा समीक्षा गर्ने । आपसी सद्भाव वढाउने , आफ्ना बालबालिकासँग रमाउने, बालबालिकालाई घरायासी व्यवहारिक कुराहरु सिकाउने , घरमा सबैजना मिलेर काम गर्ने तर व्यक्ति विशेष जस्तै गृहणी , वुहारी , कामदार आदिलाई एकोहोरो दुःख नदिने, अरुलाई घोचपेच गरेर बोल्ने बानी भए तुरुन्त त्यागिदिने र आत्मीय वातावरण सिर्जनागर्नेतर्फ क्रियाशील हुने, घरमूली वा सदस्य सार्वजनिक पदमा (अस्पताल, सुरक्षा प्रहरी, सेना, निर्वाचित प्रतिनिधी वा सार्वजनिक संस्थामा ) आवद्ध भए, उहाँहरुको जिम्मेवारी परिवार र सो भन्दा माथि हुने हुनाले अनावश्यक दवाव नदिने ।

समुदाय/स्थानीय निकायका कर्तव्य
आफ्नो समुदायभित्र कुनै परिवार , व्यक्ति विचलित तथा जटिल अवस्थामा भए, उचित सहयोग गर्ने, समुदायिक मान मर्यादा कायम राख्ने, वर्तमान समयमा शान्तिपूर्ण वातावरण कायम राख्न आधारभूत आवश्यकता खाद्य सामग्री, पानी, नियमित सेवन गर्नुपर्ने औषधिहरुको सुनिश्चितता कायम गर्न सम्बन्धित निकायहरुसँग समन्यय कायम गर्ने, आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक क्वारिन्टाइनहरु व्यवस्थापनमा सघाउने ।

प्रदेश सरकारको कर्तव्य
आफ्नो प्रदेश भित्र शान्ति तथा सुव्यवस्था कायम राख्न स्थानीय निकाय तथा केन्द्रसँग समन्वय गरि आधारभूत आवश्यकता जस्तै खाद्य सामग्री, पानी, नियमित सेवन गर्नुपर्ने औषधिहरुको उपलव्धतावारे सुनिश्चिता वारे जानकारी दिने ।

संघीय सरकारको कर्तव्य
आफ्ना सम्पूर्ण शक्ति सामथ्र्य प्रयोग परि आमनागरिक वचाउन आपतकालिन नियमहरु लगाउने, आपतकालिन सेवामा संलग्न कर्मचारीहरुलाई चाँडो चाँडो कामको पालो दिने प्रवन्ध मिलाउने, सहि यथार्थ सूचनाहरु प्रशारण गर्ने र सो गर्नेलाई प्रोत्साहन दिने , परिस्थितिको नाजायज फाइदा उठाइ सामाजिक सुव्यवस्था खलल पार्न खोज्नेलाई यथासक्य कार्वाही गर्ने र सो को लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्ने ।

अन्तराष्ट्रिय कर्तव्य
विपद् अवस्था सम्हाल्न तथा सामना शैली विकास गर्न व्यक्तिगत , पारिवारिक , समुदाय तथा नेतृत्व तहमा चाहिने दक्षता , श्रोत सामग्री व्यवस्थानमा सघाउने
सार
संसारमा कुनै चरम सुख, दुःख स्थायी छैनन् । केहि समयका लागि आउँछन् जान्छन् । हामीले यसबाट उचित ज्ञान सिकेर आफ्नोतर्फबाट स्वभाविक तयारी गर्नु नै सवैको हितकर हुनेछ । अध्यात्मवादको सार पनि यहि हो । यो नै प्राथमिक मनोसामाजिक उपचारको आधारशिला हो ।

पद्मप्रसाद घिमिरे
परामर्श मनोवैज्ञानिक
आवध्दताः
 सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान नेपाल)
 वि भि एस् नेपाल अन्तर्गत आगजनी मिभाग, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रि वि वि शिक्षण अस्पताल
 पाठशाला फाउन्डेशन नेपाल
 मनोविज्ञान विभाग, त्रि–चन्द्र क्याम्पस
सम्पर्क : ९८४२१७९५८१

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका कुल कोरोना संक्रमितमध्ये ७४ प्रतिशत संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्

‘भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

नारायण गाउँले । -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो –

चाडपर्वमा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड पालना गर्न आमनागरिकलाई गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले दशैंमा भोजभतेर नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आम

प्रधानमन्त्री र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दशैंँखर्चवापत प्राप्त रकम कोरोना