महाभारतको प्रसंग



जीवा लामिछाने ।
विदुर धृतराष्ट्रको राजसभामा प्रधानमन्त्री भएता पनि भतिजा पाण्डवप्रति पनि उनको अपार स्नेह थियो । दुर्योधनले पाण्डवहरुलाई नियमित रुपमा गर्ने दुराचारबाट विदुर संधै दुखि रहन्थे ।

दुर्योधनले पुरोचन नामको कालिगढ़ द्वारा पाण्डवहरुकालागि ‘वारणावत’ क्षेत्रमा अति सुन्दर महल बनाउन लगायो- लाक्षा गृह (लाहाको घर)। यो महल निर्माणमा अत्यन्त ज्वलनशील सामाग्री प्रयोग गरिएको थियो । पाण्डवहरुलाई त्यस महलमा बस्न पठाएपछि जंगलमा आगो लगाईदिएर उनीहरुलाई सखाप पार्ने दुर्योधनको योजना थियो । राज महलमा हुदैं गरेको यो षड्यंत्र थाहा पाएर बिदुर निक्कै चिन्तित थिए । तर यसको जानकारी पाण्डव समक्ष सहजै पुर्याउन उनको नैतिकताले दिदैनथ्यो, आखिर धृतरास्ट्रको नुन जो उनले खाएका थिए ।

प्रसंगबस एकदिन युधिष्ठिरलाई उनले सोधे- जंगलमा भयंकर डढेलो लाग्यो भने कुन चाहिं जनावर जीवित रहला ? युधिष्ठिरले जवाफ दिए- जंगलका राजा सिंह, तेज गतिमा दौडने हरिण-मृग,बिशाल शरीरका हात्ती आदि सबै आगोमा जलेर खरानी हुनेछन । तर आफ्नो घरभित्र दुलोमा चुपचाप बस्ने मुसाहरु भने सुरक्षित रहनेछन । डढेलोको महामारी सकिएपछी उनीहरुको दिनचर्या पूर्ववत रुपमा पुन: सुरु हुनेछ । ज्ञानी युधिष्ठिरले विदुरको सांकेतिक भाषा बुझी हाले र सोहि अनुरुप बन्दै गरेको लाक्षा गृह मुनी गुप्त रुपमा सूरुंग बनाउन थालियो । लाक्षा गृहमा लागेको आगो जगंलभरि फैलियो । आगोमा डढेर पुरोचन आफैं पनि मारियो । जंगलमा डढेलोको महामारी फैलिएर धेरै जीवजन्तु मरे तर पाण्डवहरु भने सुरुंग मार्फ़त सुरक्षित रहन सफल भए ।

कोरोना भाइरसको डढेलो लागेको छ पृथ्वीमा अहिले ! माथिको प्रसंगबाट यहाँहरुले बुझी हाल्नु भयो होला अहिलेको अवस्थामा सुरक्षित रहन हामीले के उपाय अपनाउनु पर्छ भनेर । बुझ्नेलाई किन धेरै व्याख्या, विज्ञेशु किम अधिकम….. ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार