धादिङका ३२ वर्षीय पुरुषमा कोरोना भाइरसका संक्रमण



काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललेकोरोना भाइरसको संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएका जानकारी दिएका छन् । बुधबार आयोजित प्रेस ब्रिफिङमा मन्त्री ढकालले संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष रहेका जानकारी दिएका हुन् । जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो ।

उनी कतारबाट काठमाडौँ आएर होटलमा बसेका र स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए । मन्त्री ढकालले होटल रहेका अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लगिने बताए । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो ।

केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म करिव १९ हजारको मृत्यु भइसकेको छ भने ४ लाख भन्दा बढी संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति