यस्तो माहामारी नियन्त्रण गर्न घरमा बस्नुहोस् भन्दा नमान्ने नागरिकको यो मति वर्तमान शिक्षाको परिणाम हो भन्न नसक्नु पर्ने कारण छैन



डा.युवराज संग्रौला ।
केही यथार्थता जो अहिले सिकिदैंछ, अब यी यथार्थका बारेमा सोच्नु पर्ने बेला आएको जस्तो लाग्छ । पुरातन विश्वव्यवस्थाले अब मानिसको संरक्षण गर्न सक्दैन भन्ने लाग्यो । हरारीको “होमो सेपियन्स“ पुस्तक पढेपछि, हामीले इतिहासलाई कुरुप बनाएका रहेछौं भन्ने लागेको छ । केही कुरा यहाँहरुसँग साझेदारी गरौं।

१. मैले स्कुल पढ्दा जब शिशु कक्षा शुरु भयो, एउटा लामो तखतामा रातो माटो ढक्ढकाएर छेस्कोले लेख्ने सिकाइबाट पढाइ शुरु गरें । गुरुआमाले दिनभरी संगै बसेर सिकाउनुहुथ्यो । म अगाडिका कक्षामा बढ्दै गएँ । नेपालको इतिहास, भूगोल, ज्यामिती, अल्जेब्रा, नेपाली साहित्य, अंग्रेजी, नीतिशास्त्र, कानुनी ज्ञान सिकाउने श्रेस्ता, सबै कक्षामा थपिँदै गए । म नेपाल र विश्वका बारेमा थोरबहुत जान्ने मानिस भएँ । तर २०२८ सालमा त्यो शिक्षा अचानक नयाँ शिक्षाका नाममा आएको भाइरसले सिध्यायो । त्यसपछि, नेपालको शिक्षा निरन्तर विदेशी योजनामा चल्यो। अहिलेसम्म नेपाललाई दातृसंस्थाले २६८ अर्ब रुपैयाँ सहायोग गरेछन् र त्यस्को २२ प्रतिशत शिक्षामा गएछ । तर हाम्रो शिक्षाको स्तर कहाँ छ ?

२. निरन्तर परितर्तन प्रकृतिको नियम हो, र हामीले पनि परिवर्तनलाई स्विकार्दै जानुपर्छ । तर फरक कुरा नै परिवर्तन भने हुंदैन । मैले सिकेको शिक्षामा नैतिकता थियो, विज्ञान पूरा थिएन होला । नैतिक शिक्षालाई कायम गर्दै, विज्ञान थप गर्नु पथ्र्यो होला । नैतिकताका नाममा रहेका अन्धविश्वासलाई हटाउँंदै, समाजलाई प्रगतिशील बनाउनुपथ्र्यो होला । तर हामीले देशको इतिहास, भूगोल, अर्थशास्त्र, गणित, नैतिक शिक्षा र साहित्यलाई सफाया गरिदियौं । आज हामीसँग आफ्नो पहिचान छैन, हामी घोर स्वार्थी, उपभोक्तवादी, व्यक्तिवादी, अवसरवादी र आराजक भिडमा परिणत भएका छौँ । मानिसका प्रवृत्ति हेर्दा हामी पढेका मानिस भएछौं, तर अशिक्षित र आज्ञानी पनि भएछौं। हाम्रो शिक्षा गलत रहेछ । यो विदेशी पैसा र योजनाको शिक्षाले हाम्रो सर्वनास गर्ने छ, शासकको बिचारधारा जेसुकै होस् । यस्तो माहामारी रोगलाई नियन्त्रण गर्न घरमा बस्नुहोस् भन्दा नमान्ने नागरिकको यो मति वर्तमान शिक्षाको उत्पादन वा परिणाम हो भन्न नसक्नु पर्ने कारण छैन।

३. म गाउँमा पढ्थें । गाउँको स्कुल गाउँकै मानिस मिलेर बनाएको राम्रो भवन थियो । खेलकुदका लागि मैदान थियो, खेलकुदका प्रतिस्पर्धा हुन्थे । स्कुल जबसम्म समुदायले चलाए, शिक्षामा भ्रष्टाचार थिएन । तर जब शिक्षा निजीकरण मात्रै होइन व्यापारीकरण भयो, त्यसको परिणाम हाम्रो आँखा अगाडि छ । बिगत तीन बर्षदेखि प्रत्येक साल ४५ हजार विद्यार्थी विदेश गएका छन् पढ्न । प्रत्येक साल करिब ८० अर्ब रुपैयाँ कम्तीमा नेपाली आम्दानी विदेश गएको छ । हामीले टेक्सासमा बसेर टेकु अस्पतालमा कोरोनाले मानिस मेरेको हल्ला फिंजाउने युवा उत्पादन गरेछौं । हातमा ६० हजारको मोबाइल आमाबाबुको आम्दानीबाट किनेर बिहान नौ बजे उठेर देशमा अवसर छैन भन्ने युवाको जमात सानो छैन । बर्तमान शिक्षाले देशप्रतिको जिम्मेवारी समाप्त पारेको रहेछ । जब मानिस आफ्नो परिवार, समाज, र देशप्रति गौरव नगर्ने ठाउँमा पुर्याइन्छ, त्यो समाजमा अराजकताको डरलाग्दो भाइरस लागेको हुन्छ, अनि त्यो कोरोनाबाट के तर्सिन्छ ? हाम्रो शिक्षाले गुण होइन बैगुण सिकाएको रहेछ ।

४. हाम्रा घरहरु अलिवरपर हुन्थे । गाईबस्तुका गोठ अलि पर हुन्थे । पानीका धारा मुहानबाट आउँथे । रैथाने गाई, भैंसी, बाख्रा, भेडा आदि थिए । नेपालमा पनि बिफर र दादुराको प्रकोप आयो । संसारमा अधिक मानिस त्यस ब्याधीबाट मरे । तर नेपालमा सीमित मानिस मात्र मरे । चीन र भारतमा पनि प्लेग आयो । तर नेपालमा त्यस ब्याधीले मानिस मरेका थिएनन् । त्यसका पछाडि कारणहरु रहेछन् । हाम्रो बसोबास प्रणालीले सरुवा भाइरस रोक्दो रहेछ । बेलायती उपनिवेशले नेपालको जनसंख्यालाई उपनिवेश बनाएको थियो । सन १९१४ देखि १९४५ सम्म हाम्रा आठ लाख मानिस युद्धमा प्रयोग गर्यो । दस जनामा एकजाना मात्र देश फर्किए । दुई बिश्व युद्धमा दुईलाख त मारिए नै । तर पनि हाम्रो जनसंख्या रोगले कहिल्यै घटेन । नेपालले बिनाशक ब्याधी सामना गर्नु परेन ।

५. के कारण थिए ? पहिलो त हाम्रो वातावरण हो, जो अहिले डोजर आतंकको सामना गरिरहेको छ । हाम्रा बस्तीहरु, जहाँ घरहरु आलि वरपर थिए । हाम्रो अन्नबाली, तरकारी, सागपात र जडिबुटी हाम्रो शरीरलाई मिल्ने खालका थिए । जतिसुकै गरिबले पनि मकै, कोदो, स्थानीय धान, मस्याम, गहत, दाल र सागपात उत्पादन गरि खाने चलन थियो । २०२५ सालतिर बाट बिदेशी विकासे बोका आए रैथाने बाख्रा सकिए । विकासे आएपछि रैथाने गाई, भैंसी, भेडा सबै सकिए । किन र कसरी सकिए ? आज गाउँहरु उजाड भए । हाम्रो विकासका योजना कसले बनाए?

६. युभल नोह हरारी भन्छ्न, कृषि क्रान्ति भन्दा पहिलाका होमो सेपिएन्सले समाज निर्माण गरे। मिथकहरु निर्माण गरि मानिसलाई समूहमा राख्ने आधार निर्माण गरे, भाषा र संचारका प्रणाली निर्माण गरे । चिन्तन र मन्थनको क्रान्तिद्वारा आजको आधुनिक विश्वको जग निर्माण गरे। उनीहरु दिनमा छ सात घण्टा खाना खोज्दथे । हरेक दिन फरक खाना खान्थे । उनीहरु समूहमा बसेर मनोरञ्जन गर्थे । उनिहरु खुसीसँग बाँच्थे, भलै कतिबेला सिंहले माथ्र्यो थाहा थिएन । तर हामीसँग कति समय छ, आराम गर्ने ? हाम्रो खाना त कुर्कुरे भैसक्यो । ती आदिम मानिस अहिलेका मानिस भन्दा बलिया, अग्ला र तन्दुरुस्त थिए । उनीहरुले गाइबस्तु पालेका थिएनन, तेसैले ब्याधीहरुका शिकार भएनन। जब मानिसले कृषि क्रान्ति गर्यो, उस्ले खाने कुरा सीमित भए। मानिसले गाईबस्तु पाले । ब्याधीले मानिस मर्ने लागे । तरपनि उनीहरुसँग ब्याधीसँग मुकाबिला गर्ने क्षमता थियोे र मानव जातीलाई मासिन दिएनन् । आजको कथित विकास औद्योगिक क्रान्ति पछाडिको पूँजीवादको देन हो । यसले विज्ञान त निर्माण गर्यो, तर मानिसले ७० हजार हजार बर्ष देखि विकास गरेको मानव सभ्यता ध्वस्त पार्दै छैन ?

७. मेरा हजुरबुबा र बाबुको जति बल र ज्ञान मसँग छैन । मेरा हजुरबुबालाई गाउँको मात्र होइन जिल्ला भरीका मानिसका बारेमा थाहा थियो, जनावरका बारेमा थाहा थियो, बिरुवाका बारेमा थाहा थियो, पुर्खाका नाम थाहा थियो, कुन कुन ठाउँमा बसाइ सर्दै यहाँ आइपुगेको हो भन्ने इतिहास थाहा थियो, नेपालको इतिहास थाहा थियो, कुलोखन्ने प्रबिधि थाहा थियो । अहिले हामीलाई के थाह छ? मेरा मेरा हजुरबुबाले औषधि नखाइ बाँचे । हामी औषधिमा बाँचिरहेका छौं । हामीसँग ठूलो बाटो छ, मोटर छ, अस्पताल छ । तर आज म अस्पताल गएँ भने डाक्टर डराउँछन् । विज्ञानले खोइ त युरोप र अमेरीका बचाको ? मलाई मेरो बिज्ञानप्रति आज भरोसा छैन।

८ . के विज्ञानको दोष हो ? होइन, विज्ञानको दुरुपयोग समस्याका रुपमा आएको हो । युरोपले मानिसलाई जातका आधारमा विभाजित गरेर, पूँजीवादी बर्गीएताको निर्माण गर्ने उपनिबेशको माध्यमले दुईसय बर्षको अधिनायकवाद नचलाएको भए, आजको दुनियाँ फरक हुने थियो । यो मेरो भनाइ होइन, पश्चिमलाई स्वर्ग देख्नेहरुलाई चित्त दुख्ला । यो इड्वार्ड सैडको भनाइ हो, उनी अमेरिकी हुन् । पश्चिमको अहंकार हो, भनी चोम्स्की भन्छन् । हरारी पनि त्यसै भन्छन् । आज मानिस सभ्यताका नाममा असभ्य देखियो । युरोपको उपनिबेशि अधिनायकवाद नआएको हुदो हो त कथित रास्ट्रियताको आन्दोलनले जन्म लिनुनै पर्ने थिएन । आज दुनियाँ रास्ट्रियताले ओत्प्रोत छ । युरोपलाई चीनको प्रभावको डर छ । युरोपलाई एसियाको डर छ । किन, एसियामा आज रास्ट्रियता मौलाएको छ ? कारण, हिजो युरोपले दबायो । असभ्य ठान्यो । एसियाको औद्योगिकरण ध्वस्त पार्यो । ८. ठिकै छ, हिजो जे जे भयो । तर खोइ युरोपमा मानिस जोगाउने सामाजिक र आर्थिक ब्यबस्था आज ? धन जति मुठीभर मानिसमा रहेछ । त्यो धन गरिबलाई काम लाग्दो रहेनछ । देश धनी छ । तर सरकार गरिब छ । उद्योग धनी छ, तर उसको सामान विदेश जान्छ, देशलाई काम लाग्दैन । अमेरिकामा भेन्टिलेटर छैन । सबै उद्योगले अस्तिनै बेचिसकेछन् । यिनै देशप्रति गैरजिम्मेवार पूँजीपतिसँग देशको अर्थतन्त्र छ।

९. हामीले यहि ढाँचा हो सिक्ने अब ? यस त्रासदीबाट सिकौं ।

क. हामीले ठूला शहर बनाउनु नहुने रहेछ । ससाना थुप्रै शहर बनाउँ । शहरहरुलाई स्वावलम्बी बनाउँ ।
ख. हामीले पहाड ध्वस्त पार्नु नहुने रहेछ । पहाडमै र गाउँमै बसोबास ठिक रहेछ । हामीले प्रकृतिसँग तालमेल गरेर बस्नु पर्ने रहेछ । हाम्रो विकासको ढाँचा आधुनिकता र प्रकृतिसँगको ताल्मेल रहेछ । अब देशको किवासको नयाँ ढाँचाका बारेमा सोच्न थालौं ।
ग. हिजो हाम्रो प्राङ्गारिकता कसले तोडिदियो ? अब त्यसबाटोमा हिडौं । अब विदेश जान छोडौं । ब्याधी र दुःख त त्यही रहेछ । आखिर देशनै चाहिने रहेछ । सबै युवाहरु, अब उत्पादनमा लागौं ।
घ. नवउदारवादले ल्याएको उपभोक्तावादले सकेको रहेछ हामीलाई । अब यसबाट बाहिर आऔ।

यो ब्याधी पछाडि कसरी दुनियाँ आगाडि जाने होला ? किशोर माभुवानीले र लि कवान युले भने जस्तै पश्चिम आफ्नो अहंकार र एकाधिकारवादको नीतिलाइ पुनरावलोकन गर्न तयार भयो भने, दुनियाँ राम्रो हुनेछ । अन्यथा हामीले अब फरक तरिकाले बाँच्न र समृद्ध हुन सिक्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौँ । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार

सबै दलसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु हुन्छः गृहमन्त्री लेखक

  काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका

सार्कलाई सक्रिय बनाउन पहल गरिरहेको छुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले

ऋणले थलिँदै देश, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च

काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी