सामुहिक प्रयासले मात्र कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ



विश्वमा अहिलेसम्म ४ लाख २२ हजार ६ सय १४ जना संक्रमित भएका छन् | मृत्यु १८ हजार ८ सय ९२ जनाको भएको छ भने १ लाख ८ हजार ८ सय ७९ जना निको भएका छन् |
भर्खर संक्रमण भएका २ लक ९४ हजार ८ सय ४३ मध्ये ९६ % सामान्य अवस्थामा छन् भने ४ % मात्र गम्भीर अवस्थामा छन् | यो सुखद पक्ष हो भने मृत्यु हुनेको संख्या बढेर १५ % पुगेको छ, यो गम्भीर बिषय हो | संक्रमण १९७ देशमा फैलिएको छ, त्यसैले संक्रमितहरुको संख्या निकै बढ्ने अनुमान गर्न सकिन्छ | हाल संक्रमण पुष्टि भएको संख्याभन्दा धेरै गुणा व्यक्तिहरु रोग थाहा नपाइ बसेको अवस्था हुनसक्छ |
पहिले कोरोना संक्रमणको इपिसेन्टर चीन थियो भने अहिले युरोप छ | अत्यन्तै ख्याल नगर्ने हो भने अबको इपिसेन्टर दक्षिण एसिया हुनसक्छ |
केहि हप्ता पहिले नगन्य संक्रमित भएका दक्षिण एसियामा देशमध्ये अहिले पाकिस्तानमा ९७२ जना संक्रमित छन्, भारतमा ५३६ जना, श्रीलंकामा १०२ जना, अफगानिस्तानमा ७४ जना, बंगलादेशमा ३९ जना, माल्दिभ्समा १३ जना, म्यान्मारमा ३ जना, भुटान र नेपालमा २/२ जना संक्रमित छन् |
लामो समयसम्म श्रीलंका र नेपालमा १-१ जना संक्रमित थिए | अहिले श्रीलंकामा १०२ जना संक्रमित पुगिसके | बंगलादेश लामो समयसम्म संक्रमणमुक्त थियो भने अहिले ३९ जना पुगिसकेका छन् | यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा संक्रमितको संख्या बढ्नेछ | सरकार र जनता सचेत हुने हो भने संक्रमितको संख्या २ अर्थात ९९ जनाभित्र रहनेछ भने सचेत नभएमा ३ अंक अर्थात ९९९ जनासम्म पुग्न धेरै समय लाग्ने छैन |
व्यक्तिगत सरसफाई, पोषिलो आहार, घरभित्र बस्ने नियमको पालना, स्वास्थ्यकर्मीलाई पीपीइको ब्यबस्था, अस्पतालबाट रोग नसर्ने ग्यारेन्टी, १ महिना लक डाउन गरेमा संक्रमितको संख्या त्यति धेरै बढ्ने छैन |
भारत लगायत बाहिरबाट आएका प्रत्येक व्यक्ति कडा रुपमा क्वारेन्टाइनको कार्यान्वयन नगरेमा संक्रमितको संख्या हजार पुग्ने प्रक्षेपण गर्न सकिन्छ |
घरबाहिर निस्कदा सबैलाई शंका गरौँ, घरभित्र पस्दा आफैलाई शंका गरौँ | त्यहि अनुसार दुरी कायम गरौँ, हात धुन अल्छी नगरौं | हाम्रो सामुहिक प्रयासले मात्र कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता

महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन