कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेनाले थाल्यो तयारी



काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै लागि नेपाली सेनाले आन्तारिक तयारी सुरु गरेको छ । बुधबार सैनिक मुख्यालय भद्रकालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि पूर्वाभ्यास गरिएको हो । सेनाले आफ्नो मुख्यालयमा अस्थायी टेन्ट लगाएर आइसोलेसन वार्ड बनाएको छ ।

यस्तै सेनाले आन्तरिक तयारीका लागि जंगीअड्डामा संरचना तयार पारेको छ । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जंगीअड्डा परिसरमा ५४ वटा टेण्ट तयार गरिएको जानकारी दिए । एउटा टेण्टमा दुई जना राख्न मिल्ने गरी संरचना बनाइएको छ । यस्तै सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा १० वटा आइसोलेसन बेड तयार पारेको छ ।

त्यस्तै ५० जनासम्मलाई क्वारेन्टाइनमा राख्नका लागि स्थान तयार गरिएको जानकारी पनि प्रवक्ता पाण्डेले दिए । केन्द्रमा रहेको वीरेन्द्र अस्पतालसँगै पोखरा, नेपालगञ्ज, इटहरी र १८ वटा अन्य स्थानबाट सेनाले विपतबाट बच्न अभ्यास गरेको प्रवक्ता पाण्डेले बताए ।

सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि अपनाउनु पर्ने सचेतनाबारे जानकारी दिँदै डा. ली बुढाथोकीले क्वारेन्टाइनमा छुट्टा–छुट्टै सरसफाइका लागि चाहिने आवश्यक पूर्वाधार बनाइएको जानकारी दिइन् ।

उनले हरेक टेन्टमा संक्रमण फैलिन नदिन छुट्टाछुट्टै व्यवस्था गरिएको बताइन् । ६ मिटर दुरीमा बनाइएको प्रत्येक टेन्टमा २ जनालाई राख्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै शान्ति स्थापनार्थ विभिन्न देशहरुमा तैनाथ सैनिकलाई कोरोना संक्रमणका बारेमा जानकारी गराउने, रोटेसन फ्लाइट स्थगित गर्ने र सरसफाइ तथा सचेतनामा ध्यान दिन पूर्वसतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल