यसरी गरिँदैछ कोरोना भाइरसविरुद्धको खोपको परीक्षण



कोरोनाभाइरसको सङ्क्रमणबाट हुने कोभिड १९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन् । सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन् ।

प्रायः रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि ४ सय बिरामीमा परीक्षण गरिँदैछ । त्यस्तो परीक्षण न्यूयोर्कमा हुँदैछ । मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोनाभाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन् ।

स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेका छन् । उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट सङ्क्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड १९ बाट पीडित २०० बिरामीमा परीक्षण गरिसकेका छन् । उनीहरूले उक्त भाइरस सङ्क्रामक रहिरहने अवधिलाई त्यो औषधिले कम गर्ने अपेक्षा गरेका छन् ।

ती बिरामीको संसर्गमा आएका झन्डै तीन हजारमा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइनेछ। । त्यो औषधि औलो रोग लागेका बिरामीलाई दिने गरिएको छ। त्यसले पनि कोरोनाभाइरसको फैलिने क्रम रोक्ने अपेक्षा गरिएको छ । अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु भएको छ ।

वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ । उक्त खोपबाट कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड १९ हुँदैन । उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो ।

तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन । विज्ञहरूका अनुसार त्यो खोप प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ । अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोनाभाइरस परीक्षण किट विकास गर्न प्रेरित गर्दैछ । त्यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पारिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण सुडानमा तत्काल युद्ध अन्त्य गर्न अफ्रिकी सङ्घको आग्रह

आदिस अबाबा । अफ्रिकी युनियन (एयू) आयोगका प्रमुख मोसा फकी महामतले दक्षिण सुडानमा

काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मुम्बईमा ४ जनाको मृत्यु

मुम्बई । मुम्बईको नागपाडाको मिन्ट रोडमा गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै निर्माणाधीन