कोरोना संक्रमण कि रुघाखोकी ?



यो मौसमी फ्लुको समय भएको तथा यहिबेला कोरोना संक्रमणको त्रास भएकोले रुघाखोकी हुँदा पनि कोरोना संक्रमण भयो भनेर धेरैलाई त्रास उत्पन्न भएको छ | कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ | रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ | तर कोरोना संक्रमणमा फरक लक्षण हुन्छन | तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ |

कोरोना संक्रमणका लक्षण :
क ) पहिलो चरण
– ज्वरो आउने ( १०२ – १०४ डिग्री फ सम्म )
– सुख्खा तथा लहरे खोकी लाग्ने
– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने
– घांटी बस्ने
– थकाइ लाग्ने

ख ) दोस्रो चरण
– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने
– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने
– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने

ग ) तेस्रो चरण
– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने |
– धेरै छाती दुख्ने
– उठ्न निकै गाह्रो हुने
– कन्फ्युज हुने
– बेहोश हुने

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आत्मकेन्द्रित राजनीति सङ्घीयतामा चुनौती

काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो ।

किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड